बीना मगर जिताउन बेलडाँडी पुर्व प्रधान विष्ट फिल्डमा

कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर क्षेत्र १की उम्मेदवार बीना मगरलाई चुनाव जिताउन एक पुर्व प्रधान चुनावी फिल्डमा उत्रिएका छन । नेकपाकी उम्मेदवार महिला नेतृ बीना मगर जिताउनका लागि बेलडाँडीका पुर्व प्रधान बीर बहादुर विष्ट चुनावी फिल्डमा उत्रिएका हुन । तत्तकालिन बेलडाँडी गाविसका पुर्व प्रधान विष्टले अहिले देशले पाएको उपलब्धीमा नेकपा उम्मेदवार मगरको महत्वपूर्ण भूमिका संघर्षशिल महिला भएकाले जिताउन खटिएको बताए । ०३९ सालमा पहिलो पटक स्थानीय निकायको निर्वाचनमा बेलडाँडी गाउँ पञ्चायतको प्रधानको जिम्मेबारी निर्वाह गरेका विष्टले दुई पटक लगातार बेलडाँडी प्रधानपञ्च थिए । बेलडाँडीकै नामाकरण गर्ने विष्ट अहिले बीना मगरको चुनावप्रचारप्रसारमा खटिएका छन ।

नेकपा सुदूरपश्चिमका नेता समेत रहेका पु्र्व प्रधान विष्टले क्षेत्रको बृद्धि विकासदेखिका आम समस्या समाधान बिना नगर भन्दा अन्य उम्मेदवारबाट नहुने भएकाले बिना मगर जिताउने अभियानमा अहोरात्र खटिएको बताए । ‘यो क्षेत्रमा विभिन्न दलका नेताले ०४८देखि ०७९सम्म केन्द्रीय सासदको चुनाव जितेर पनि केही गरेनन, उनीहरुबाट केहीपरिर्वतन पनि भएन्, ०७४मा बिनाले जित्दा क्षेत्रको विकासले गति लियो, तर उतिबेला तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ससद विघटन गरिदिएपछि बिना मगरले अपेक्षा अनुरुप काम गर्न सकिनन्, ‘उनले भने, ‘हाम्रो बेलडाँडी मात्रै होईन बेलौरी, पुर्नवास, लालझाडी जिल्लाको विकास र निकासका लागि बिना मगर मात्र मात्रै सम्भव हुनेछ, त्यसैले म त बुढो मान्छे तैपनि बिना जिताउने अभियानमा जुटेको छु ।’

बेलडाँडीका पुर्व प्रधान विष्टले क्षेत्रको दीगो विकास, सम्बृद्धिका लागि बीना मगरको विकल्प नभएकाले भन्दै मतदान गरिदिन समेत अपिल गरेका छन । बिना मगरलाई बेलडाँडी सहित क्षेत्रमै पुर्व प्रधानदेखिका जनप्रतिनिधी, अन्य दलकै नेता कार्यकर्ता, युवा विद्यार्थी,महिला, किसान, मजदुर उद्योगी व्यवसायी, संचारकर्मी, बुद्धिजिवी, जेष्ठ नागरिकको साथ रहेको छ । बेलडाँडीकी जेष्ठ नागरिक ९७ बर्षिया पवि थापाले पनि मगरलाई आर्शिवाद दिदै जिताउने बाचा गरेकी छिन ।

ताजा समाचार

spot_img