दोधारा । आसन्न प्रतिनिधी सभालाई लक्षित गर्दै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाली कम्युनिष्ट पाटी (नेकपा) ले बृहत मोटरसाईकल र्याली तथा घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ् । दोधारा चाँदनी नगरपालिकाको समस्त दशै वटा वडामा टोल, बस्ती स्तर मोटरसाईकल र्याली तथा घरदैलो कार्यक्रमलाई तिब्रता दिएको नेपाली कम्युनिष्ट पाटी (नेकपा) नेता ईन्द्र बहादुर रावतले जानकारी दिनुभएको छ् । दोधारा चाँदनीमा मतदाता संग भेट गरि नेपाली कम्युनिष्ट पाटी (नेकपा) का तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार मान बहादुर सुनारलाई बिजय गराउन मतदाता संग भेट तथा मतदाता शिक्षा कार्यक्रम समेत अघि बढाएको नेपाली कम्युनिष्ट पाटी (नेकपा) का नेता ईन्द्र बहादुर रावतले बताउनुभएको छ् ।

उम्मेदवार मान बहादुर सुनार २०७४ मा प्रदेश सभा सदस्य पद जितेर प्रदेशका मन्त्री भए संगै आफ्नो क्षेत्रको विकास गरेपछि जनता उहाँ प्रति झन विश्वस्त भएको पाईएको नेकपा नेता ईन्द्र बहादुर रावतले बताउनुभयो । प्रदेश सभा जितेर विकासमा खटिएदै आएका उम्मेदवारले जनमानसमा राम्रो छाप छाडेका कारण यस पटक उम्मेदवार मान बहादुर सुनारलाई बिजय बनाउन मतदाताहरु आतुर रहेको उहाँको भनाई छ् ।

पछिल्ला दिनहरुमा नेकपा प्रति सिङ्गो सुदूरपश्चिम देखि देशमै जनलहर बढिरहेको नेता रावतले बताउनुभयो । यस पटकका चुनावी गतिविधि अघिल्ला संघीय तथा स्थानीय चुनाव भन्दा बढी उत्साहपूर्ण र सहभागीमूलक देखिएको स्थानियबासीहरुले बताएका छन् ।

नेपाली काग्रेंस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटी (नेकपा), राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा), विप्लव निकट नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा), उज्यालो पाटी नेपाल, राष्ट्रिय जनमोर्चा सहितका दलका उम्मेदवार एवम् स्वतन्त्र उम्मेदवार मत माग्दै कञ्चनपुर क्षेत्र नं. ३ का घरदैलोमा पुगिरहेका छन ।






