गिलासमा मत किन ? राष्ट्रियता र सुशासनका लागि राष्ट्रिय जनमोर्चाको आह्वान

हेमा भट्ट/कञ्चनपुर– आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लक्षित गर्दै राष्ट्रिय जनमोर्चा ले आफ्ना उम्मेदवारका पक्षमा मत दिन अपिल गरेको छ। पार्टीले राष्ट्रको सार्वभौमिकता, अखण्डता र स्वाभिमान जोगाउने प्रतिबद्धतासहित चुनावी एजेन्डा सार्वजनिक गरेको हो। पार्टीका अनुसार भ्रष्टाचार र नातावादको निर्मुल, प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने, विदेशी हस्तक्षेपको प्रतिकार गर्ने तथा राजनीतिक स्थिरता कायम गर्दै मुलुकलाई संवैधानिक मार्गमा अघि बढाउने आफ्नो मुख्य लक्ष्य रहेको जनाएको छ।

समृद्धि र सुशासन स्थापना पनि प्राथमिकतामा रहेको उल्लेख गरिएको छ। प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिकतर्फ चित्र बहादुर केसी र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ राम बहादुर कार्की उम्मेदवार रहेका छन्। फागुन २१ मा सम्पन्न हुने निर्वाचनमा पार्टीको चुनाव चिन्ह “गिलास” मा मतदान गरी उम्मेदवार राम बहादुर कार्कीलाई अत्यधिक बहुमतले विजय गराउन निर्वाचन प्रचार–प्रसार समिति क्षेत्र नं. २, कञ्चनपुरले मतदातासँग आग्रह गरेको

ताजा समाचार

spot_img