कञ्चनपुर: उज्यालो पाटी नेपालले कञ्चनपुरमा चुनावी सभा गरेको छ । जिल्लाको क्षेत्र १ पनुर्वास र क्षेत्र ३ महेन्द्रनगरमा चुनावी सभा गरेको हो । शुक्रबार पुनर्वास र शनिबार महेन्द्रनगरमा चुनावी सभा गरिएको उक्त पाटीले जनाएको छ ।
उज्यालो पाटी नेपालका संस्थापक केन्द्रीय सदस्य तथा क्षेत्र ३का उम्मेदवार भीम कुमालले जिल्लाका निर्वाचन क्षेत्रमा पाटी अध्यक्ष कुलमान घिसिङ्गले भेटघाट एव चुनावी सभा गरेको बताए ।

क्षेत्र १को पुर्नवास र क्षेत्र ३ महेन्द्रनगरमा आयोजित चुनावी आम सभामा सम्बोधन गर्दै राजनीतिमा व्यस्थ लोडसेङ्गि अन्त्यका लागि आफु राजनीतिमा आएको बताउँदै जनतालाई घरसायी, सिँचाईदेखिका व्यवसाय गर्न विद्युतमा महसुल दिने घोषणा गरेका छन । अध्यक्ष घिसिङ्गले तीनै निर्वाचन क्षेत्रका उम्मेदवार जिताउन अपिल गरेका छन । अध्यक्ष कुलमानले भीम कुमाल जिताए मन्त्री बनाउने बाचा गरेका छन ।

दोधाराचाँदनीका स्थानीय नेता कार्यकर्ताहरुले पाटी अध्यक्ष कुलमान र क्षेत्र ३का उम्मेदवार भीम कुमाललाई २०किलोको माला लगाईदिएका छन । महेन्द्रनगरदेखि दोधाराचाँदनीसम्मै ¥याली निकालेको उज्यालाले मदन चोकमा चुनावी सभा गरेको छ ।

क्षेत्र १का उम्मेदवार माईकल तामाङ्क, २का योगेश साउद र ३का भीम कुमालले जितेपछि अन्य दललको जस्तो नठग्ने जनताको पक्षमा काम गर्ने प्रतिज्ञा गरेका छन । चुनावी सभामा क्षेत्र ३का उम्मेदवार भीम कुमालले जगबुढा, महाकाली नदी कटानदेखि जंगली जनावर, आरक्षपीडित, सुकुमबासी, महाकाली पुलको समस्यादेखिका विषय अघि सार्दै जितेपछि क्षेत्रकोे विकास गर्ने प्रंण गरेका छन ।






