निर्वाचन नजिकिए संगै दोधारा चाँदनीमा उच्च सतर्कता सहितको सुरक्षा व्यवस्था

पप्पु गुरुङ्ग, दोधारा । आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचन नजिकिए संगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा उच्च सतर्कता सहितको सुरक्षा व्यवस्था मिलाइएको छ् । आसन्न प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गर्दै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सुरक्षा व्यवस्था उच्च प्राथमिकताका साथ अघि बढाईएको बताईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक कृष्ण सोनीले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सुरक्षा संवेदनशीलता तथा उम्मेदवारको सुरक्षा जोखिमको मूल्यांकनका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निर्वाचन प्रहरी परिचालन गरिएको प्रहरी निरिक्षक कृष्ण सोनीले बताउनुभएको छ् ।

निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन सडक, गाँउ घर तथा संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीहरुले गस्ती सञ्चालन गर्दै आएको प्रहरी निरिक्षक कृष्ण सोनीले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकामा ९ वडा मतदान स्थल अतिसंबेदनशिल, ३ वटा सम्बेदनशिल र ४ वटा सामन्य मतदान स्थल रहेको निर्वाचन कार्यालयले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिका भारत संग झण्डै २१ किलोमिटर खुला सिमा क्षेत्र रहेको हुदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सिमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिबिधी रोक्न सयुक्त गस्ती समेत सञ्चालन गर्दै आएको सुरक्षा अधिकारीले जनाएका छन् ।

ताजा समाचार

spot_img