दोधाराचाँदनी नगरपालिकाद्वारा क्रिकेट उपाधी टिमलाई सम्मान

कञ्चनपुर :  कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाले क्रिकेटका खेलाडीलाई सम्मान गरेको छ । गत माघमा कञ्चनपुर जिल्ला क्रिकेट संघ र भीमदत्त नगरपालिकाले आयोजना गरेको पालिका स्तरिय क्रिकेट प्रतियोगिताको दोधाराचाँदनी नगरको टिमले उपाधी चुमेको थियो । शुक्रबार नगरपालिकाले बिजेता खेलाडीलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले बताए ।

प्रमुख प्रशासकीय अधिकृत मिश्रले बिजेता खेलाडीलाई मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा जोशी सहितका जनप्रतिनिधी, कर्मचारीले सम्मान गरेका छन । कार्यक्रममा दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले पालिकाले खेलकुदमा लगानी गरेकाले नगरको टिमले उपाधी जित्न सफल भएको बताए । मेयर लिम्बुले आगामी दिनमा समेत खेलकुद बृद्धि विकासका लागि लगानीदेखिका प्रर्बद्धनात्मक कार्यक्रम सचालन गर्ने बताए ।

नगर खेलकुद समितिका उपाध्यक्ष एव क्रिकेटका कोच रमेश सिह साउद, क्याप्टेन साजन बिरालु, म्यानेजर मान बहादुर भण्डारी सहितका खेलाडीको उपस्थिति रहेको थियो । उक्त टिमले उपाधी हात पार्दै ट्रफि सहित १लाख, ५५ हजार ५५५रुपैया नगद जितेको थियो ।

ताजा समाचार

spot_img