कञ्चनपुरमा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल

कञ्चनपुर : कञ्चनपुरमा निर्वाचन आचारसहिता सम्बन्धी छलफल गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुर र राष्ट्रिय समाचार समितिको संयुक्त आयोजनामा निर्वाचन आचारसहिता सम्बन्धी छलफल गरिएको हो । आचार संहिता कार्यक्रममा बरिष्ठ पत्रचार चित्राङ्क थापाले सबै पत्रकार, संचारकर्मीले आचार संहिता पालना गरेर अघि बढ्नुपर्नेमा सुझाव दिएका छन ।

जिल्ला निर्वाचन अधिकारी हरि प्रशाद जोशी २१फागुनमा हुने निर्वाचन निष्पक्ष भयरहित सफल पार्नका लागि संचारकर्मीको समेत भूमिका हुने भएकाले सबैको सहकार्यमा अघि बढ्नुपर्नेमा जोडदिए । निर्वाचन अधिकारी जोशीले ९२वटै वडाहरुमा मतदाता शिक्षा स्वयम सेवक खटाएर बदरमत कम गर्ने कार्यक्रम रहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडक बहादुर खत्रीले निर्वाचन बिरोधी गतिबिधी नियन्त्रण भईरहेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले हालसिन २मात्रै लिखित उजुरी आएको बताए । दुई मध्ये पनि जिल्लाका १मेयर २ वडाध्यक्षले सरकारी सवारी साधन प्रयोग गरेको आएपछि लिखितै रुपमा जवाफ माग गरेको बताए ।

निर्वाचन अनुगमन अधिकृत कृष्ण धामीले आचार संहिता उलङघनका लिखित उजुरी नपरेपछि आयोगको तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको पाईएको बताए । उनले हालसम्म ३३उम्मेदवारले मात्रै खाता खोलेको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले मतदानको ७२घण्टा अवागै सीमा बन्द हुने बताए । प्रजिअ निर्वाचन निष्पक्ष, भयरहित रुपमा सम्पन्न गर्नका लागि सरोकारवालाले भूमिका निर्वाहमा जोडदिए । निर्वाचन कार्यालय कञ्चनपुरका लेखापाल दिपेन्द्र प्रशाद जोशीले संचालन गरेको कार्यक्रममा रासस कञ्चनपुरका प्रमुख शेर बहादुर सिहले स्वागत मन्तव्य राखेका
थिए ।

ताजा समाचार

spot_img