कञ्चनपुर : ५ पटक सम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड जित्न सफल रहेको लिटिल बुद्ध एकेडेमीले आफनो १९ औं वार्षिकोत्सव तथा अभिवावक दिवस भव्यताका साथ मनाएको छ । विहिवार कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १९ औं वार्षिकोत्सव सम्पन्न गरेको हो । उक्त वाषर््ीकोत्सव कार्यक्रममा ट्रफि, मेडल र प्रमाण पत्रबाट विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयमा अध्ययनरत उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरु र विगतमा विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु जुन अहिले विभिन्न क्षेत्रमा विशिष्ठता हासिल गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गरीएको थियो ।

लिटिल बुद्धमा हाल नर्सरीदेखी कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या १ हजार ४ सय ५९ जना रहेको छ, भने कक्षा ११÷१२ अर्थात ‘प्लस टु’ मा अध्ययन गर्ने विद्यार्थीको संख्या १ हजार ४९ गरी २ हजार ५ सय १८ जना विद्यार्थी रहेको विद्यालय प्रशासनले जनाएको छ । साथै १ सय ६० जना शिक्षक शिक्षिका कर्मचारीहरु रहेकाछन् । सुदूरपश्चिम प्रदेशमै लिटिल बुद्ध एकेडेमी शैक्षिक उत्कृष्ट संस्थाका रुपमा स्थापित छ । उक्त विद्यालयले विगतदेखी नै सामाजिक उत्तरदायित्व कार्य अन्तरगत विभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग गर्दै आएको भएर यो वर्षमा पनि सामाजिक उत्तरदायित्व अन्तरगत १ लाख नगद धनराशी सहयोग पनि गरेको छ ।

२५ हजार वेदकोट ८ मा रहेको वैजनाथ वृद्ध आश्रम, २५ हजार समाज कल्याण अंचल बाल अनाथालयलाई, २५ हजार वनखेतमा रहेको वृद्धाआश्रमलाई र २५ हजार कैलालीमा रहेको मानव सेवा आश्रमलाई प्रदान गरेको थियो । विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हालसम्म हासिल गरेका उपलब्धिहरू, वर्तमान शैक्षिक अवस्था तथा भावी योजनाहरूबारे जानकारी गराएका थिए । उहाँले आउने वर्ष २०८३ मा विद्यालयलाइ डिजिटलाइएजेशनमा लगेर जाने बताउनु भयो । कक्षा १ देखी कक्षा १२ सम्म अध्ययन गर्ने हरेक कक्षाकोठामा स्मार्ट डिजिटल प्रविधीहरु जडान गरेर विद्यार्थीहरुलाई अध्यापन गराईने बताउनु भयो ।

अबको युग भनेकै डिजिटलको रहेको बताउँदै लिटिल बुद्धले नविनतम कार्यको थालनी गरीरहेको बताउनु भयो । विद्यालय संग दुई ओटा (प्लस टु छुट्टै र नर्सरी देखी कक्षा १० सम्म छुट्टै) सेवा सुविधा सम्पन्न भवनहरु रहेका छन् । हरेक वर्ष उक्त विद्यालयले जिल्ला तथा सुदूरपश्चिम प्रदेशमै उच्च संख्यामा विद्यार्थी ‘पास आउट’ गर्ने गर्दछ । जिल्ला प्रथम देखि सुदूरपश्चिम प्रथम सम्मका विद्यार्थी समेत विद्यालयले उत्पादन गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ ।






