पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा चुनावी माहोल तातेको छ् । उम्मेदवार दलका नेता तथा कार्यकर्ताहरुले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरि घरदैलोमा पुगेर मतदाताहरु संग भेट गर्दै आएका छन् । यति बेला दोधारा चाँदनी नगरपालिका क्षेत्र चुनावमय भएको छ् । यसै क्रममा दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाताहरुलाई भेट गर्न घरदैलो अभियान तिब्र पारेको छ् । दोधारा चाँदनीको वडाका घरदैलोमा पुगी कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका सदस्य उम्मेदवार ज्ञानेन्द्र महतालाई बिजय गराउन घरदैलो अभियान सञ्चालन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर अध्यक्ष पुरन कुमालले बताउनुभएको छ् ।


यतिबेला देश घण्टीमय भएको अवस्थामा कञ्चनपुर क्षेत्र नं. ३ मा आफ्ना उम्मेदवार ज्ञानेन्द्र महतालाई जिताउन जनमानसमा उत्साह छाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर अध्यक्ष पुरन कुमालले घण्टीमा मत दिएर आफ्ना उम्मेदवार ज्ञानेन्द्र महतालाई बिजय गराउन सबैमा अपिल गर्नुभएको छ् । यतिबेला जनताको भरोसा, अपेक्षा र सपनालाई आत्मसात गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिका लागि ईमानदारीपूर्वक अघि बढ्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र महताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ् ।

पुराना दलहरुले आश्वास बाहेक केही नदिएको बताउदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महताले युवाहरुलाई यहि देशमा बस्ने बाताबरण गराउने, भ्रष्टाचारका निश्पक्ष छानबिन गर्ने आफुहरुको पहिलो. प्राथमिकता रहेको बताउनुभयो । संचार देखि समाजिक क्षेत्रमा लामो समय काम गरेका उम्मेदवार महता यतिबेला दोधारा चाँदनीका घरदैलो गर्दै आउनुभएको छ् ।

पार्टी संगठन निर्माण देखि नीति निर्माण सम्म प्रभावकारी भूमिका खेलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र महता पार्टीमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा पारदर्शी, उत्तरदायी र जनमुखी नीति आवश्यक रहेको भन्दै निरन्तर बहस गर्दै आउनुभएको हो ।






