कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको ईन्टरनेशल पब्लिक स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार एक कार्यक्रकका विच महेन्द्रनगरमा रहेको ईन्टरनेशल पब्लिक स्कुलको २९औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रममा प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै विद्यालयले गरेको शैक्षिक सुधारका कार्यक्रमले नै सातौ पटक सुदूरपश्चिमकै शैक्षिक पुरस्कार पाएको बताए । प्रिन्सिपल भट्टले विद्यालयबाट उत्पादित जनशक्ति देशका विभिन्न सरकारी, गैर सरकारीदेखिका निजी क्षेत्र, अन्र्तराष्ट्रियस्तरसम्मै रहेको बताए ।

उनले आगामी दिनमा समेत थप शैक्षिक स्तर बृद्धिका लागि स्मार्ट विधीबाट कक्षा संचालन गरेर अघि बढने विश्वास दिलाएका छन । विद्यालयले शैक्षिक उन्नयन क्षेत्रमा गरेको उपलब्धीले आम विद्यार्थीदेखि अभिभावकमा विश्वास कमाउदै आएको बताए । विद्यालयले जिल्लामै रहेको त्रिविको आंगिक सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका क्याम्पस प्रमुख डा. तिलमाया ढकाललाई सम्मान गरेको छ । महिला प्राद्याध्याकले क्याम्पस नेतृत्व लिएको भन्दै सम्मान थप उत्साह, हौसलाका लागि दोसल्ला, प्रसंसा पत्रका साथ सम्मान गरिएको छ । कार्यक्रममा एनसीसीदेखि अन्य शैक्षिक, खेलकुद, अतिरिक्त कक्षा सहितका विद्यामा उत्कृष्ठ विद्यार्थी, शिक्षक, समाजिक क्षेत्रका व्यक्तित्वहरुलाई पुरस्कार वितरणका साथै विभिन्न कला, साहित्य, संस्कृति प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम विश्वविद्यालयका पुर्व प्रद्याध्यापक एव सेवा आयोगका अध्यक्ष यज्ञराज भट्टले निजी क्षेत्रबाट संचालित ईन्टरनेशल पब्लिक स्कुलले शैक्षिक गुणस्तर निरन्तर कायमै राखेको बताए । कार्यक्रममा भौतिक सहभागि नभएपनि शुभकामना सन्देश मार्फत विद्यालय संचालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बुले विद्यालयले विद्यार्थीलाई भविष्यकै कर्णधार बनाउने गरेर अघि बढन्े अभिभावकमा विश्वास दिलाएका छन । अहिलेसम्म पनि विद्यालयले शिक्षक, विद्यार्थी, अभिभावक, सरोकारवालाकै समन्वय, सहकार्यदेखि शिक्षक, विद्यार्थीको उच्च मेहनताका साथ शैक्षिक प्रगति भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज बस्नेतको अध्यक्षताका भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।







