न्यू सरस्वती विद्या मन्दिरमा फुड फेष्टेबल

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १२ऐरीमा रहेको न्यू सरस्वती विद्या मन्दिरले फुड फेष्टेबल कार्यक्रम गरेको छ । न्यू सरस्वती विद्या मन्दिर(विद्यालयल)ले बुधबार विद्यार्थीलाई अध्ययनसंगै व्यवसाय बनाउने उदेश्यका साथ फुड फेष्टेबल कार्यक्रम गरेको हो । प्रिन्सिपल अमराज भट्टले विद्यार्थीमा भएको अन्तरनिहिन क्षमता प्रफुटनका लागि चार सदनमा विभाजन गरेर फुडफेष्टेबल कार्यक्रम सम्पन्न गरेको बताए । प्रिन्सपल भट्टले लर्निङ्ग वाई डुईङ्ग नीति अनुरुप विद्यार्थीलाई सुदूरका मौलिक खाने परिकार उत्पादन बिक्रि वितरण गर्ने कलाको अभ्यास गराएको बताए ।

अपि, खप्तड, कञ्चनजंगा, सगरमाथा चार सदनमा रहेका विद्यार्थीले खाने परिकार उत्पादन बिक्रि वितरण गरेका थिए । ‘हामीले विद्यार्थीलाई स्रोत जुर्टादियौँ, ‘प्रिन्सिपल भट्टले भने, ‘विद्यार्थी आफैले स्रोत उपभोग गर्दै बस्तु उत्पादन गरेर बिक्रि वितरण गरेका छन, बिक्रि बाफतको रकम विद्यार्थीले आफ्नो शैक्षिक समाग्री खरिद गर्छन ।’ प्रिन्सिपल भट्टले विद्यालयले विद्यार्थीको अन्तर क्षमतालाई व्यवसायिक जिवनमा प्रयोगका लागि विगत ६/७ बर्षदेखि कार्यक्रम गर्दै आएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीनपा १२का वडाध्यक्ष भुपेन्द्र रावलले विद्यालयले गरेको प्रयास सरानिय भएको बताए ।

पछिल्ला दिनहरुमा जंगफुटको प्रयोग न्यूनिकरण गर्दै विद्यालयको प्रयास सरानिय भएको बताए । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरणका साथै सुदूरको मौलिक लोक संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो । मन्त्र अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश सिह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक केशव पन्तले गरेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधी सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img