एम्पुटी फुटबल बिकासमा पुगाएको कदर गर्दै प्रशिक्षक चक्र तामाङ सम्मानित

काठमाडौ: नेपाली एम्पुटी फुटबल बिकासमा पुगाएको योगदानको कदर गर्दै प्रशिक्षक चक्र तामाङ सम्मानित भएका छन्।

विश्व एम्पुटी फुटबल महासंघ र फिफाको सहयोगमा तथा एम्पुटी खेलकुद समाज नेपालको आयोजनामा एम्पुटी फुटबल च्याम्पियनसिप–२०८२ को समापन कार्यक्रममा प्रशिक्षक चक्र तामाङ लाई एम्पुटी खेलकुद समाज नेपालले सम्मानित गरेको हो।समापन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद कार्यसमिति सदस्य सुवर्ण श्रेष्ठले प्रशिक्षक तामाङलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ।प्रशिक्षक तामाङले बि.स २०७४ साल स्थापनकाल देखि नेपाली एम्पुटी फुटबल टिमलाई प्रशिक्षण गराउदै राष्ट्रिय स्तर देखि अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिनिधित्व गरिसकेका छन्।
सम्मान गर्नु भएकोमा उनले भने, ‘एम्पुटी खेलकुद समाज नेपाल परिवारलाई हार्दिक धन्यवाद दिन्छु, आगामी दिनमा निरन्तर नेपालमा एम्पुटी फुटबल बिकासका लागि सधै अग्रसर रहने बताए।’नेपाल एम्पुटी फुटबल राष्ट्रिय टिमले बंगलादेशको ढाकामा गत साल सन् २०२५ मा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगिता एसियन च्याम्पियनसिपमा समेत सहभागिता जनाएको थियो। उक्त टिमको प्रशिक्षक तामाङ नै रहेका थिए।

ताजा समाचार

spot_img