कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको राष्ट्रिय बालविमा बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । मंगलबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको राष्ट्रिय बाल विद्यालयमा ४१औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई सम्मान पुरस्कार वितरण गरिएको छ । विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमले अभिभावकहरुलाई कार्यक्रम अवधिभरी वाधेर राखेको थियो । कञ्चनपुरका अंग्रजी माध्यमका विद्यालयहरुमा सबै भन्दा पुरानो विद्यालयमा राष्ट्रिय बाल विद्यालय पनि पर्दछ । यहाँका विद्यार्थी देशका विभिन्न सरकारी निकायमा प्रमुख भुमिका निभाएर देशको सेवा गरी रहेका छन् भने कतिपय विद्यार्थी व्यापार व्यवसाय र विदेशबाट पनि देशको सेवा
गरिरहेका छन् ।

कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल पुष्पा चन्दले शैक्षिक गुणस्तर बृद्धि गर्दै गईरहेको दावि गरेकी छिन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवान बहादुर चन्दको अध्यक्षमा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मनिराज पाण्डेको प्रमुख आथित्यमा भएको थियो । शिक्षक अमृत शाहले संचालन गरेको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक सहितको सहभागिता रहेको थियो ।







