महेन्द्र राजाको सालिक क्षेत्रमा राप्रपाले चुनावी सभा गर्दै, सालिक पुर्नस्थापना पक्षधर युवाको बिरोध

कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)ले मंगलबार (फागुन ५)गते दिउँसो २ बजेतिर भीमदत्त नगरपालिका ५ महेन्द्रनगर महेन्द्र स्मारक चोकमा चुनावी सभा गर्दै छ । तर, दोस्रो जनआन्दोलनबाट निरङकुश राजतन्त्रै २० बर्ष अघि तोडिएको राजा महेन्द्रको सालिक पुर्नस्थापना भएको छ । ईतिहासको रक्षा भन्दै महेन्द्रनगरका युवा समाजसेवी शिशिर थापा, सञ्जिवचन्द्र भट्ट, धनी चन्द, मिलाप थापा सहितका युवाहरुको अगुवाईमा महाशिवरात्रीका दिन सालिक स्थापना गरिएको थियो । सालिक पुर्नस्थापना गरेका युवाहरुले राजाको सालिक पुर्नस्थापना भएको तीन दिनमै चुनावी कार्यक्रम गरेर राजनीति गर्न खोजको भन्दै बिरोधमा उत्रिएका छन ।

चुनावी सभा तयारीमा टेन्ट लगाउने क्रममा समेत उक्त पक्षधरले अवरोध गरेको राप्रपाका नेताहरुले बताएका छन । राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले पुर्व निर्धारित कार्यक्रम गरिएको बताए । अध्यक्ष चन्दले २७माघमै स्थान अनुमती लिएको बताए । ‘उनीहरुलाई मूर्ति दिने हामी नै हौँ, आज आएर किन बखेडा झिकियो, ‘उनले भने, ‘हामी कार्यक्रम गर्न तयारीमा छौँ, अवरोध गर्नुको कुनै तुक छैन ।’ उक्त स्थानमा राप्रपा मात्रै होईन अन्य दलदेखि पक्षले भीमदत्त नगरपालिकाबाट अनुमती लिएर कार्यक्रम गर्न पाउने उनको भनाई छ । सालिक पुर्नस्थापना पक्षधर धनी चन्दले सालिक पुर्नस्थापना गर्ने स्थानीय जनताको सर्मथनमा आफुहरु तर राप्रपाले चुनवाका बेला सालिक राखिएकै स्थानमा कार्यक्रम गरेर राजनीति गर्न खोजेको भन्दै राख्न नदिने चेतावनी दिए ।

चन्दले राजा सबैका साझा हुन, तर एक अमुख पाटीले सालिक राखेकै तीन दिनमा चुनावी राजनीति कार्यक्तम गर्न पाईदैन गरे अवरोध गर्ने बताए । आफुहरुले राप्रपाका लागि नभई ईतिहासको रक्षा ज्यान हत्केलामा राखेर सालिक पुर्नस्थापना गरेको बताए । ‘अहिले सालिक देखाएर राप्रपाले कार्यक्रम गर्छ भोली अन्य दलले गर्छन, राजा, राजसंस्था देखाउने, बिरोध गर्ने दलहरुले राजा र राजतन्त्रका नाममा मात्रै मत बटुल्न राजनीति गरिरहेका छन, ‘उनले भने, ‘यो जनतालाई स्वीकार्य हुँदैन, निस्वार्थ भएर मात्रै राजा र राजसंख्याको मुद्दा उठाउनुपर्छ, राप्रपाले जबरस्त कार्यक्रम गरे अवरोध उत्रिछौँ ।’ सालिक पुर्नस्थापना पक्षधर युवा मिलाप थापाले समाजिक सञ्जाल मार्फत राजा सबका साझा के राप्रपाले सालिक राख्ने युवाहरुको भावनामाथि खेलवार्ड गर्न खोजेको प्रशन गरेका छन । राप्रपा चुनावी सभामा पाटी अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुले दिउँसो सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।

ताजा समाचार

spot_img