काठमाडौ: विश्व एम्पुटी फुटबल महासंघ र फिफाको सहयोगमा तथा एम्पुटी खेलकुद समाज नेपालको आयोजनामा एम्पुटी फुटबल च्याम्पियनसिप–२०८२ को आज समापन हुने भएको छ।

च्याम्पियनसिपको उपाधिको लागि आज फाइनल सुदूरपश्चिम प्रदेश र नेपाल आर्मी क्लब बिच प्रतिस्पर्धात्मक खेल एन्फा खेलमैदानमा हुने आयोजकले बताए।

बागमती प्रदेश लाई हराउँदै नेपाल आर्मी क्लबले फाइनलको यात्रा पक्का गरेको छ। भने लुम्बिनी प्रदेश लाई हराउँदै सुदूरपश्चिम प्रदेशले फाइनलमा नेपाल आर्मी क्लब संगको भेट तय गरेको हो। आज फागुन ५ गते बिहान ११ बजे नेपाल आर्मी टिम र सुदूरपश्चिम प्रदेश एम्पुटी फुटबल टिम भिड्नेछन्।

प्रतियोगिताको च्याम्पियन टिमले रु. १० हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कार हात पर्नेछन्। प्रतियोगिताको तेस्रो स्थान बागमती प्रदेशले हात पारेको छ। भने चौथो स्थान टिम लुम्बिनी भएको छ।






