दलितको उन्मुक्ति नेकपाले गरेको भन्दै एमाले पुर्नवासका नेता सुनार बीना मगर जिताउने अभियानमा

कञ्चनपुर : नेकपा एमाले पुनर्वासका नेता बीर बहादुर सुनार सहितका नेता कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटी(नेकपा) प्रवेस गरेका छन । एमाले नेता सुनारले दलितको पाटी नेकपा भएकाले नेपाली कम्युनिष्ट पाटी(नेकपा) प्रवेस गरेका हुन ।
सोमबार एमाले परित्याग गरेका उनी नेकपा क्षेत्र १की उम्मेदवार बीना मगर जिताउने अभियानमा जुटेका छन ।

जातिय विभेदको खाडलबाट तत्तकालिन नेकपा माअ‍ोवादीको जनयुद्धले उन्मुक्ति दिएकाले नेकपाबाट मात्रै दलितको उन्मुक्ति हुने भन्दै सुनार नेकपामा प्रवेस गरेका हुन । कञ्चनपुरमा मात्रै पञ्चायतकालदेखि हालसम्म ठुला जित्ने पाटीले दलित उम्मेदवार भोटबैंंक मात्रै बनाउने तर दलितलाई कहिल्यै टिकट नदिने भएकाले अहिले नेकपाले कञ्चनपुर ३बाट मान बहादुर सुनारलाई टिकट दिएको विषयमा समेत दलित समुदाय नेकपाप्रति आभारी भएका छन ।

सुनारलाई नेकपा क्षेत्र १की उम्मेदवार बीना मगरले पाटीमा प्रवेस गराएकी छिन । सुनार ०७४मा एमालेबाट पुनर्वास ९ चुनाव लडेका नेता हुन । उतिबेला उक्त वडाबाट नेकपा माओवादीका नारायण जैसी र ०७९मा पनि माओवादीकै नर ब. विकले चुनाव दजितेको वडा हो । नेकपामा प्रेस गरेका सुनारले बीना जिताउन युद्धस्तरमा खटिने उद्घोष गरेका छन ।

ताजा समाचार

spot_img