दोधारा । दोधारा चाँदनीका डा. गगन चौधरीले अनाथ वालवालिकालाई फलफुल र खाद्यान्न सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित रहेको आरोग्य मेडिकेयरका डा. तथा पुर्व प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका डा. गगन चौधरीले महाशिवरात्रीको पावन अवसर पारेर महेन्द्रनगरमा रहेको समाज कल्याण बाल अनाथलायमा रहेको वालवालिकालाई फलफुल तथा खाद्यान्न सहयोग गरेका हुन् । महाशिवरात्री जस्तो पबित्र दिन पारेर आमा वाबु नभएका अनाथ वालवालिकालाई सहयोग गरिएको डा. गगन चौधरीले बताएका छन् ।

आमा, वावु नभएको कलिला वालवालिकाहरुलाई बेला बखत आफुहरुले सक्दो सहयोग गर्दै आएको डा. गगन चौधरीले बताए । दोधारा चाँदनी नगरपालिका क्षेत्रकै परिचित डा. गगन चौधरीले गरिव तथा विपन्न ब्यक्तीहरुलाई निशुल्क उपचार गर्दै आएका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा अहोरात्र खटिएर जनताको स्वास्थ्य सेवामा तल्लीन रहेको भन्दै तत्कालिन समयमा बिभिन्न संघ–संस्था तथा प्रदेश सरकारले डा. गगन चौधरीलाई सम्मान समेत गरेको थियो । सहयोग बितरण कार्यक्रममा आरोग्य मेडिकेयरका डा. तथा पुर्व प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका डा. गगन चौधरी र आरोग्य मेडिकेयर परिवारको उपस्थिती रहेको थियो ।







