घरदैलोमा गरिरहेकी नेकपाकी उम्मेदवार बीना मगरलाई जनताद्वारा मौलिक बाजागाजाले स्वागत

कञ्चनपुर : मत माग्दै घरदैलोमा हिडेकी नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर क्षेत्र १की उम्मेदवार बीना मगरलाई जनताले स्वागत गरिरहेका छन । मत माग्न घरदैलोमा पुगेकी नेकपा उम्मेदवार मगरलाई जनताले मौलिक बाजागाजा सहित स्वागत गरिरहेका छन ।

चुनाव अघि पछि पनि क्षेत्रको विकासका लागि भूमिमा निर्वाह गरेकी महिला नेतृ भन्दै पुर्नवास नगरपालिका विभिन्न गाँउबस्तीमा सुदूरमा मौलिक बाजा दमाह बजाएर स्वागत गरेका हुन । ०७४मा चुनाव जितेका बेला क्षेत्र गाँउ, टोलको विकास गर्न उच्च भूमिका र त्यस अघि पछि पनि निर्वाह गरेकी भन्दै उनलाई स्थानीयले स्वागत गरेका छन । बिनालाई जिताउनका लागि भन्दै महिलादेखि युवा, जेष्ठ नागरिक खटिएका छन ।

दोस्रो पटक सासदका लागि चुनावी मैदानमा होमिएकी मगरले क्षेत्रकै विकासका लागि जिवन सर्मपण गर्ने प्रतिज्ञा गरेकी छिन । नेकपा केन्द्रीय सदस्य तथा क्षेत्र १का चुनावप्रचारप्रसार परिचालन समितिका संयोजक देवीलाल चौधरीले क्षेत्र, पालिका, वडा, स्तरमा सम्पर्क कार्यालय संचालनसंगै जनताको घरदैलोमा उम्मेदवार केन्द्रीत कार्यक्रम अघि बढाएको बताए ।
उनका अनुसार प्रत्यक्ष तर्फकी उम्मेदवार बीना मगर र समानुपातिक तर्फकी उम्मेदवार निरासा चौधरीले जनतासंग चुनावी प्रतिबद्धता गरिरहेका छन । उम्मेदवार बीना मगरले समेत मत माग्दै जनताको अपेक्षा अनुरुप काम गर्ने बाचा गरिरहेकी छिन ।

क्षेत्रको समस्या बारे आफु जानकार भएपनि प्रत्यक्ष रुपमा जनतासंग साक्षात्कार भेटघाट गरेर जनताको धारणा, गुनासो, अपेक्षा माग सुनिरहेको बताए । मगरले आफु सदैव जनताकै साथमा रहेको र भावि दिनमा समेत जनसेवामै सर्मपित हुनकै लागि जनताको घरदैलोमा पुगेर आर्शिवाद लिईरहेको नेकपा नेता चौधरीले बताए । घरदैलोमा नेकपा नेता मदन सेन बडायकले देश र जनताको हित गर्ने पाटी नेकपा भएकाले नेकपाकै उम्मेदवारसंग प्रत्यक्ष मतदातासंग भेटघाट गराएर भावि दिनमा क्षेत्रको विकासका लागि सहज हुने उदेश्यले मतमागिरहेको बताए ।

नेकपा नेता कार्यकर्ताहरुले सुशासन, दीगो विकास र आम जनताका समस्या समाधानका लागि नेकपालाई साथ सर्मथन सहयोगका लागि अपिल गरिरहेका छन । क्षेत्र १मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता रहेका छन । भने, ३२ वडा रहेको क्षेत्र १मा ५२मतदान स्थलमा १२२ मतदान केन्द्र रहेका छन ।

ताजा समाचार

spot_img