शुक्लाफाँटामा नेकपाको चुनाव केन्द्रित महिला परिचालन

झलारी : शुक्लाफाँटा नगरपालिकामा नेपाली कम्युनिष्ट पार्टीको महिला कमिटिले वडा स्तरमा महिला परिचान गर्ने भएको छ । सोमबार झलारीमा बसेको अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को बैठकले नगरका १२ ओटै वडाहरुमा महिला चरिचालनको जिम्मेवारी बाडफाँड गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन मुल परिचालन समितिको सहकार्यमा तिन ओटौ पालिकाका सबै वडाहरुमा महिलाहरुको सहभागिता तथा परिचालनका लागि बैठकले योजना तर्जुमा गरेको अनेम संघ क्रान्तिकारीकी प्रदेश कमिटि सह सचिव दुर्गा भट्टले बताउनु भयो । बैठकमा प्रमुख अतिथि रहनुभएकी भट्टले आफ्नो पार्टीको तर्फबाट उमेदवार रहेका माधव पन्त र पार्टीका लागि चुनावी कार्यक्रमहरुमा महिला सहभागीता सुनिश्चितता गर्न लागीएको बताए ।

बैठकमा निर्वाचन परिचालन समितिका शुक्लाफाँटा संयोजक नेकपाका नेता महेश दत्त जोशीको उपस्थीति रहेको थियो ।
चुनावमा शुक्लाफाँटाको वडा नं. १ बाट १२ वडा का लागि क्रमस कमला लुहार, निर्मला हुम्ली, जानकी जोशी, सृजना भण्डारी, मेनका ढाँट धामी, मानमति जोशी, गिता महर, कमला साउँद, विमला चौधरी, दुर्गा जोशी, चन्द्रा देवी कामी र दुर्गा जोशीलाई जिम्मेवारी दिईएको छ । नेताहरुले पार्टी र उम्मेदवारप्रति जनतामा सकारात्मक धारणा बढ्दै गएको तथा विजयका लागि संगठन उत्साहित भएको बताएका छन्।

ताजा समाचार

spot_img