एम्पुटी फुटबल च्याम्पियनसिप २०८२: सुदूरपश्चिम र आर्मी फाइनल प्रवेश

काठमाडौ: विश्व एम्पुटी फुटबल महासंघ र फिफाको सहयोगमा तथा एम्पुटी खेलकुद समाज नेपालको आयोजनामा एम्पुटी फुटबल च्याम्पियनसिप–२०८२ को फाइनलमा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मी क्लबले स्थान सुरक्षीत गरेको छ।

सोमबार भएको एम्पुटी फुटबल च्याम्पियनसिप २०८२ को पहिलो दिनको खेलमा नेपाल आर्मी क्लब र दोस्रो खेल सुदूरपश्चिम प्रदेशले जित निकालेको हो।

बागमती प्रदेश र नेपाल आर्मी क्लब बिचको खेलमा ५-० गोलको अन्तरले बागमती प्रदेशलाई हराउदै फाइनलको यात्रा तय गरेको हो। जर्सी नम्बर ६ का सुदिप चापागाईंले ३ गोल गर्दै ह्याटि्रक गरेका छन। भने जर्सी नम्बर ७ का बिक्रम योङ्हाङ्ले २ गोल गरेका थिए। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश बिच भएको रोमाञ्चक खेलमा २-१ गोलको अन्तरले लुम्बिनी लाई हराउदै जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ।

सुदूरपश्चिम प्रदेशको तर्फबाट जर्सी नम्बर ७ का अनिल घर्तीमगरले २ गोल गरेको थियो। भने दोस्रो हाफमा लुम्बिनी प्रदेशका टिम क्याप्टेन बिपिन पौडेलले १ गल गरेको थियो। उपाधीका भोलि मंगलबार बिहान ११ बजे नेपाल आर्मी टिम र सुदूरपश्चिम प्रदेश एम्पुटी फुटबल टिम भिड्नेछन्।

तेस्रो स्थानको लागि लुम्बिनी प्रदेश र बागमती प्रदेश बिच भएको खेलमा १-० गोलको अन्तरले लुम्बिनी लाई हराउँदै तेस्रो स्थान हासिल गरेको छ। चौथो टिम लुम्बिनी भएको छ। प्रतियोगिताको च्याम्पियन टिमले रु. १० हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कार हात पर्नेछन्।

ताजा समाचार

spot_img