दोधारा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडामा सम्पर्क कार्यालय धमाधम स्थापना गर्ने कार्य सुरु गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २, ४, ७ मा निर्वाचन सम्पर्क कार्यालय खोलेर निर्वाचनमा होमिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मतदाता संग भेट गर्ने कार्यलाई तिब्रता दिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत दत्त भट्टले बताउनुभएको छ् । यतिबेला कञ्चनपुर क्षेत्र नंं ३ नेपाली कम्युनिस्ट पार्टीको राम्रो पकड भएको दाबी गर्दै नेता भरत दत्त भट्टले बहुमतले आफ्नो उम्मेदवार मान बहादुर सुनारलाई जिताउन घरदैलो कार्यक्रमलाई तिब्रता दिएको बताउनुभयो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने दोधारा चाँदनी नगरपालिकाको दशै वटा वडाहरुमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरि निर्वाचन गतिविधी सञ्चालन गरिने कार्यक्रम अनुसार निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत दत्त भट्टले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ मा निर्वाचन सम्पर्क कार्यालयको उद्धघाटन गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेवार पाएका मान बहादुर सुनारले आफु निर्वाचित भए देश र समाजको बिकासको लागी कमृठ भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ् ।

आफु निर्वाचित भए दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ठुलो समस्याकोरुपमा रहेको महाकाली र जगबुडा नदी तटबन्ध, जग्गाधनी पुर्जा, वन्यजन्तु आतंक लगाएत समस्या हल गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उम्मेदवार मान बहादुर सुनारले बताउनुभएको छ् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो उम्मेदवार मान बहादुर सुनारलाई बहुमतले बिजय गराउन २ साता देखि मतदाताहरु संग भेट गर्ने, संगठन बिस्तार गर्ने कार्यक्रम अघि बढाउदै आएको छ् ।






