कञ्चपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका १५खैरभट्टीको लक्ष्मी मावि खैरभट्टीले ४७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार एक कार्यक्तमका विच बार्षिकोत्सव मनाएको हो । विद्यालयका प्रद्यानाध्यापक प्रकास बहादुर चन्दले विवित कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको बताए ।

प्रअ चन्दका अनुसार महायज्ञबाट संकलन भएको २लाख ५ हजार बचत रकमले विभिन्न,जेहेन्द्रार विद्यार्थीलाई छात्रबृति वितरण गरिएको छ । प्रअ चन्दले शिक्षक, अभिभावक विद्यार्थी सहितको सरोकारवालाको सहभागितामा शैक्षिक सुधारका कार्यक्रम संचालन गर्ने प्रतिबद्धा जाहेर गरेका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा भीमदत्त नगरका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकको सहभागिता रहेको थियो ।







