दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा उज्यालो नेपाल पार्टीका उम्मेदवार भिम बहादुर कुमालले मतदाता संग भेट तिब्र बनाएका छन् । उज्यालो नेपाल पार्टीका तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कुमालले आसन्न प्रतिनिधी सभालाई लक्षित गर्दै दोधारा चाँदनी नगरपालिकाको बिभिन्न टोल, बस्तीमा मतदाता संग भेट गर्दै आएका छन् । मतदाता भेटघाटका क्रममा उम्मेदवार भिम बहादुर कुमालले उज्यालो नेपाल पार्टीको नीति, कार्यक्रम तथा भावी योजना बारे स्पष्ट पारेको बताउनुभयो ।

देशमा पुराना दलहरुले देशलाई धरासायी बनाएको बताउदै देश र जनताको हितमा एक मात्रै उज्यालो नेपाल रहेको उहाँले बताउनुभएको छ् । कञ्चनपुर क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुको मुख्य उद्देश्य हाल सम्म पछाडि परेको क्षेत्रलाई परिवर्तन गर्नु रहेको बताउदै उम्मेदवार भिम बहादुर कुमालले निर्वाचनमा जिते वा हारे पनि क्षेत्रको समुन्नत विकासका लागि निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाउनुभएको छ् ।

शिक्षा, स्वास्थ्य, महाकाली नदी र जगबुडा नदीमा तटबन्ध र रोजगारी लगाएतका क्षेत्रमा ठोस परिवर्तन ल्याउने उद्देश्य सहित उम्मेदवार कुमालले आफूलाई मतदान गर्न मतदाता संग आग्रह गर्दै आउनुभएको छ् । निर्वाचन नजिकिदै जाँदा दोधारा चाँदनीमा चुनावी माहोल थप तातिदै गएको देखिन्छ् ।

घरदैलो अभियानमा सक्रिय रहनुभएका उज्यालो नेपाल पार्टीका तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कुमालले उज्यालो नेपाल पार्टीलाई भोट दिई बहुमतले बिजय बनाउन आग्रह गर्दै जनताको आवाज संसद सम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ् ।






