कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको भृकुटी माध्यामिक विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । जिल्ला मुकाम महेन्द्रनगरमा रहेको भृकुटी माविको एक कार्यक्रमका विच ५६औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक शेर सिह महराले बार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको भौतिक, शैक्षिक बृद्धि विकासमा कार्यक्रम निरन्तर अघि बढिरहेको बताएका छन । प्रअ महराले विद्यालय प्राविधिक धारतर्फ समेत उन्मुख भएकाले डिप्लोमा ईन ईलेक्ट्रिकल ईन्जिनियरिङ्ग, प्रिडिप्लोमा ईन्जिनियरिङ्ग ईलेक्ट्रोनिक कक्षा संचालन भैईरहेको बताए । विद्यालयमा अझैपनि भौतिक स्रोत साधन अभाव भएकाले तीनै तहका सरकारबाट सहयोगको अपिल गरेका छन ।
विद्यालयमा शैक्षिक गुणस्तर बृद्धिका लागि अतिरिक्त कक्षा संचालनदेखिका कार्यक्रम संचालन गरिएका छन ।

उत्कृष्ठ विद्यार्थीलाई पुरस्कारका विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रबृति वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्रीको अध्यक्षतामा भएको कार्यक्रममा भीमदत्त नगरका शिक्षा शाखा प्रमुख प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पुर्व प्रअद्वय केशवदत्त पन्त, बिरेन्द्र सिह भण्डारी सहितका सरोकारवाला सहभागि भएका थिए ।







