कञ्चनपुर: कञ्चनपुर भीमदत्त नगरको एक निजी विद्यालयले फुडफेष्टबल मनाएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरको मर्निङ्गग्लोरीले शुक्रबार फुटफेष्टबल मनाएको हो । मर्निङ्गग्लोरीका प्रिन्सिपल चुडामणी शर्माले बुकफ्रि फ्राईडेका दिन विद्यार्थीहरुमा सीप,कलाका लागि फेष्टेबल बनाएको बताए ।

प्रिन्सिपल शर्माले विद्यार्थीलाई बजारको अखाद्य बस्तुबाट टाढा राख्दै उनीहरुमा उद्यमशिलताको विकास गराउनका लागि १६स्टलमा सुदूरपश्चिकै मौलिक खाद्य परिकार पकाईएको बताए । पढाईका अतिरिक्त विद्यार्थीमा अतिरिक्त कामकाज गर्न सहजताका लागि कार्यक्रम गरिएको छ ।







