डिल्लीराज पन्त/कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुर क्षेत्र ३का उम्मेदवार ज्ञानेन्द्र महताले गत २२ माघमा बैतडीमा भएको बस दुर्घटनामा घाईते भएका जन्तीहरुसंग भेटघाट गरेका छन । बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडुगाडमा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व प्रदेश इन्चार्ज तथा केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार ज्ञानेन्द्र सिह महताले धनगढीस्थित निसर्ग अस्पताल पुगेर जानकारी लिनुभएको छ।

उहाँले अस्पताल प्रशासन तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष तीर्थराज पन्तज्यूसँग भेटघाट गरी घाइतेहरूको उपचार अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको थियो। अस्पताल प्रशासनले उपचारमा पूर्ण जिम्मेवारीका साथ लागिरहेको प्रतिबद्धता जनाएको छ। महताले अस्पतालमा उपचाररत घाइतेहरूलाई प्रत्यक्ष भेटघाट गर्दै शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ भने आफन्तजनसँग भेटी धैर्य र संयम अपनाउन आग्रह गर्नुभएको छ। हाल निसर्ग अस्पतालमा २७ जना घाइते भर्ना रहेकोमा ४ जना उपचारपछि निको भएर घर फर्किसक्नुभएको छ भने अन्यको उपचार जारी रहेको छ।







