कञ्चनपुर : कञ्चनपुरका पत्रकार भुपेन्द्र ओलीमाथि भन्सार कार्यालयमै दुव्र्यवहार गर्ने भन्सार अधिकृतद्वय चक्रदेव भट्ट र दान ब. थापाले माफि मागेका छन । रिर्पोटिङ्गका क्रममा भन्सार कार्यालय पुगेका पत्रकार ओलीमाथि नित्तिम भन्सार अधिकृत भट्ट र भन्सार अधिकृत थापाले दुव्र्यवहार गरेका थिए । तीन बर्ष अघि सशस्त्र प्रहरीले भन्सार राजस्व चोरीछलीमा संलग्न भएको भारतीय नम्बर प्लेटको मोटरसाईकल भन्सार चलान गरेको भनेर बताएपनि भन्सारमा उक्त मोटरसाईकलको रेकर्ड नभेटिएपछि उक्त समाचार संकलनका लागि भन्सार पुगेका ओलीमाथि रिर्पोटिङका क्रममा पत्रकार ओलीमाथि दुव्र्यवहार स्वीकार गरेका अधिकृतद्वयले पत्रकार ओलीसंग माफि मागेका छन ।

पत्रकार ओलीले भन्सार अधिकृतद्वय भट्टले धम्की र थापो क्यामेरा खोजेर धम्की दिनुका साथै काममा अवरोध गरेकाले ज्यान सुरक्षाका लागि प्रहरीमा निवेदन दिएका थिए । बुधबार सरोकारवालाको रहेबारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लिखित मिलापत्र गरिएको छ । भन्सार अधिकृतद्वय भट्ट र थापाले जनताको सुचनाका लागि खटिएका पत्रकार ओलीमाथि जानजान नभई आवेगमा भएको व्यवहारप्रति आत्माआलोचना गर्दै अब उपरान्त रिर्पोटिङमा खटिने ओली सहित कुनैपनि पत्रकारमाथि दुव्र्यवहार नगर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

पत्रकार ओलीले पनि आफुले रिर्पोटिङका बेला भन्सारमा भएको दुव्र्यवहारको पछि प्रतिशोध नसाध्ने प्रतिबद्धता जाहेर गरेका छन । पत्रकार ओली र भन्सारका कर्मचारीविच उत्पन्न वाद विवाद एक आपसमा समझदारीमै टुङगिनु समाजका लागि समेत सकारात्मक प्रयास भएको बताएका छन ।अब उपरान्त पत्रकार संघ संगठनहरुले पत्रकारलाई कुनैपनि जनसरोकारका विषयमा समाचार संकलनका अवरोध नपु¥याउन समेत सम्बन्धीत पक्षको ध्यानाकर्षण गर्दै आएका छन ।







