भीमदत्तका पुर्व तीन वडाध्यक्ष रास्वपातिरै

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका पुर्व तीन वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पाटी रोजेका छन । ०७४ मा फरक दलबाट निर्वाचित तीन वडाध्यक्ष अहिले रास्वपातिरै छन । नेपाली काँग्रेसबाट भीनपा ३ को वडाध्यक्ष जितेका राम बहादुर जप्रेल पहिल्यै रास्वपातिर प्रवेस गरेर पाटीको जिम्मेबारीमा जुटेका छन ।

भने, भीनपा २ नेकपा माअोवादीबाट निर्वाचित वडाध्यक्ष डम्बर कार्की(डिके) २६ माघमा रास्वपातिरै प्रवेस गरेका छन । रास्वपा स्रोतका अनुसार माघ तेस्रो सातारतिर काँग्रेसबाट निर्वाचित भीनपा ११ का वडाध्यक्ष प्रेम प्रकास जैसीपनि रास्वपातिरै देखिएका छन । यसका साथै पुर्व राप्रपा, काँग्रेस, एमाले, माओवादीबाट जनप्रतिनिधी भईसकेका नेता कार्यकर्ताहरु रास्वपातिरै रहेको दावि गरिएको छ ।

राप्रपा नेताहरुले विभिन्न दलबाट पाटी परित्याग गरेर रास्वपामा प्रवेस गर्नेहरुलाई स्वागतदेखि उनीहरुलाई समेतm उचित जिम्मेबारी दिने यसबाट चुनाव जित्ने आधार तयार भएको जनाएका छन ।

ताजा समाचार

spot_img