दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा शिक्षामा गुणस्तर सुधार गर्न ‘नगर प्रमुखलाई बिद्यार्थीको सिधा प्रश्न’ कार्यक्रमले नगर क्षेत्रको शिक्षामा सुधार ल्याउने विश्वास गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजनामा ७ वटा माध्यमिक तहका सामुदायिक बिद्यालयमा सञ्चालन भएको ‘नगर प्रमुखलाई बिद्यार्थीको सिधा प्रश्न’ कार्यक्रम प्रभावकारी रहेको शंकर पार्वती माध्यमिक बिद्यालयका प्रधानध्यापक पुरुषोत्तम पन्तले बताउनुभएको छ् । बिद्यार्थीहरुले बिद्यालयको पठन पाठनको गुनासा लगाएत कुरा निर्धक्क नगर प्रमुखलाई राख्न पाउने र नगर प्रमुखले उक्त समस्यालाई समाधान गर्ने भएकोले उक्त कार्यक्रम निकै प्रभावकारी रहेको प्रधानध्यापक पुरुषोत्तम पन्तले बताउनुभयो ।

‘नगर प्रमुखलाई बिद्यार्थीको सिधा प्रश्न’ कार्यक्रममा बिद्यार्थीहरुले आफ्नो गुनासा राख्नाले बिगतका दिनहरुमा बिद्यालयका समस्याहरुमा केही सुधार आएको प्रधानध्यापक अमर बहादुर बिकले बताउनुभएको छ् । कार्यक्रममा आफुहरुले मनमा लागेको कुरा नगर प्रमुखलाई प्रत्यक्षरुपमा राख्न पाएको भानु माध्यमिक बिद्यालयका बिद्यार्थी रोजिना सुनारले बताउनुभएको छ् । बिद्यार्थीले प्रत्यक्षरुमा नगर प्रमुखलाई आफ्नो समस्याहरुलाई राख्ने र नगर प्रमुखले उक्त समस्यालाई हल गर्न थालेको प्रयासले आफुहरुमा उत्साह जागेको बिद्यार्थी रोजिना सुनारले बताउनुभयो ।

यस्तै शंकर पार्वती माध्यमिक बिद्यालयका बिद्यार्थी बन्दना भट्टले नगर प्रमुख संगको सिधा प्रश्नमा आफुले अतिरिक्त कक्षा संचालन, स्मार्ट बोर्ड, शौचाल सरसफाई लगाएत समस्या राखेको बताउनुभएको छ् ।

‘नगर प्रमुखलाई बिद्यार्थीको सिधा प्रश्न’ कार्यक्रममा बिद्यार्थीबाट आएका गुनासो संकलन गरि शिक्षक, बिद्यालय व्यवस्थापन समिति कार्यपालिकाको बैठकमा छलफल गरि समस्या हल गर्ने प्रयत्न गरिने नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।






