दोधारा चाँदनीको शान्ती टोलमा निर्माधिन ‘सुरक्षित आश्रय स्थल’ को मेयर लिम्बुद्धारा अनुगमन

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको शान्ती टोलमा निर्माधिन सुरक्षित आश्रय स्थलको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० शान्ती टोलका स्थानियबासीहरुलाई बाढीबाट जोगाउन निमार्णधिन अवस्थामा रहेको सुरक्षित आश्रय स्थलको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, निड्स नेपाल कञ्चनपुरको स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायको एक टोलीले अनुगमन गर्नुभएको छ् । निड्स नेपाल कञ्चनपुर र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा रु. २९ लाखको लागतमा सुरक्षित आश्रय स्थलको निमार्ण कार्य सुरु भईरहेको निड्स नेपाल कञ्चनपुरको स्कोप आरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभएको छ् ।

शान्ती टोलमा वर्षेनी आउने बाढीको कारण मानविय र धनमालको क्षती रोक्न सुरक्षित आश्रय स्थलको निमार्ण कार्यलाई तिब्रता दिईएको निड्स नेपाल स्कोपआरथ्री परियोजका कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले बताउनुभयो । वर्षायाममा जगबुडा नदीको भंगालो बस्तीमा पस्ने हुदा धनमाल संगै मानविय क्षती रोक्न शान्ती टोलमा सुरक्षित आश्रय स्थल निमार्ण सुरु गरिएको उहाँले बताउनुभएको छ् ।

अनुगमनमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले शान्ती टोलमा निमार्ण भईरहेको सुरक्षित आश्रय स्थल निमार्ण सम्पन्न पछि वर्षायाममा स्थानियबासीहरुलाई ठुलो राहत हुने बताउनुभयो । ३७ घरधुरी रहेको शान्ती टोलमा बाढी आएपछि स्थानियबासीहरुलाई जोगाउन समस्या हुने गरेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

वर्षेनी वर्षायाममा जगबुडा नदीको पानी ओभरफ्लो भएर बस्तीमा पसेर मानविय त्रासद्धि मच्चाउदै आएको अवस्थामा सुरक्षित आश्रय स्थल निमार्णले बाढीको बेला बुढाबुढी, असक्त, गर्भवती, अपांगता भएका ब्यक्तीहरुको ज्यान जोगाउन सहज हुने नगर प्रमुख लिम्बुले बताउनुभयो ।

यस अघि बाढी ग्रस्त क्षेत्र दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा दोधारा चाँदनी नगरपालिका, नेपाली सेना, बिभिन्न संघ–संस्थाहरुको सहयोगमा बाढीबाट मानविय क्षती तथा धनमाल जोगाउन २ वटा सुरक्षित आवास निमार्ण भईसकेको छ् ।

ताजा समाचार

spot_img