जनमोर्चाका क्षेत्र ३मा धमाधम सम्पर्क कार्यालय

कञ्चनपुर : राष्ट्रिय जनमोर्चा कञ्चनपुर क्षेत्र ३का उम्मेदवार लाल बहादुर कुँवरलाई जिताउनका लागि वडाहरुमा धमाधम सम्पर्क कार्यालय उद्घाटन गर्न लागेको छ । जनमोर्चाले क्षेत्र ३भीमदत्त, दोधाराचाँदनी नगरपालिका क्षेत्रहरुमा धमाधम वडा सम्पर्क एव चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्न लागिएको हो ।

जनमोर्चाका उम्मेदवार स्वयम लाल बहादुर कुँवर सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा चुनाव प्रचारप्रसारका लागि वडाहरुमा सम्पर्क कार्यालय संचालन गरिएका छन । जनमोर्चा उम्मेदवार लाल बहादुर कुँवर क्षेत्रको विकासदेखि देशमा विद्यमान बेथिति अन्त्यका लागि एक पटक आफुलाई सहयोगका लागि अपिल गरिरहेका छन ।

ताजा समाचार

spot_img