दोधारा चाँदनीमा नेकपा (माओबादी) को निर्वाचन सम्पर्क कार्यालय स्थापना

पप्पु गुरुङ्ग, दोधरा । कञ्चनपुरको दोधारा चाँदनीमा नेकपा (माओबादी) ले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (माओबादी) ले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरि पार्टीको निर्वाचन गतिविधी अघि बढाएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओबादी) का तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका लागी उम्मदेवारी पाएका विष्णु प्रकाश उपाध्यायले निर्वाचन सम्पर्क कार्यालयको उद्धघाटन गर्नुभएको छ् । उद्धघाटन कार्यक्रममा बोल्दै नेपाल उम्मेदवार विष्णु प्रकाश उपाध्यायले देशको स्वतन्त्रता, स्वाधिनता र सार्वभौमिकता नै समाप्त हुने खतरा रहेको बताउनुभयो ।

बैदेशिक हस्तक्षेप बढ्दै गएको अवस्थामा नेपालको राष्ट्रिय स्वाधिनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको उम्मेदवार विष्णु प्रकाश उपाध्यायले बताउनुभएको छ् । देशलाई बैदेशिक हस्तक्षेप र समृद्ध नेपाल बनाउन नेपाल कम्युनिष्ट पार्टी (माओबादी) लाई बहुतले बिजय गराउन उहाँले मतदातामा अपिल गर्नुभएको छ् ।

परम्परागत संसदीय दलहरु जनजीविकाका सवालमा दलहरु असफल भएको निष्कर्ष निकाल्दै वैकल्पिक राजनीतिक धार निर्माण गर्ने उद्देश्य सहित निर्वाचनमा आफ्नो पार्टी गएको नेपाल कम्युनिष्ट पार्टी (माओबादी) का तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार विष्णु प्रकाश उपाध्यायले बताउनुभयो ।

निर्वाचन सम्पर्क कार्यालय उद्धघाटन सत्रमा उम्मेदवार विष्णु प्रकाश उपाध्याय सहित पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

ताजा समाचार

spot_img