महेन्द्रनगरमा राजा महेन्द्रको सालिक पुर्नस्थापनाका लागि हस्ताक्षर अभियान


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजारमा राजा महेन्द्रबीर बिक्रम शाहको सालिक पुर्नस्थापनाका लागि हस्ताक्षर अभियान शुरु गरिएको छ । महेन्द्रनगरका स्थानीय युवा, नागरिक समाजहरुको पहलमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा महेन्द्र राजाकै सालिक पुर्नस्थापनाका लागि हस्ताक्षर अभियान संचालन गरिएको हो ।

महेन्द्रनगरका स्थानीय समाजसेवी युवा शिबिर थापाले ईतिहास सरक्षणका लागि पहिले नै पुर्व राजाको सालिक भएको स्थानमा ३ फागुन महाशिवरात्रीका दिन मूर्ति स्थापना गर्न लागेको बताए । १७ माघमा राजा मारिदिएको दिनमा फोटो र उक्त स्थानलाई पुन महेन्द्र स्मारक चोक घोषणा गरिएको थियो । तत्तकालिन ०६२/०६३को दोस्रो जनआन्दोलनका क्रममा महेन्द्र राजाको सालिक भत्काएपछि देशमा राजनैतिक परिर्वतनसंगै तत्तकालिन राप्रपा सहितका दलहरुले उक्त स्थानमा गणतान्त्रिक स्मारक र संविधान चोक नामाकरण गरिएको थियो ।

तर, त्यसलाई अहिले राप्रपा सहित राजावादीदेखि केही सर्वसाधारणहरुले ०१८ सालतिर पुर्व राजा महेन्द्रले बस्ती बिस्तार गरेको ईतिहास सरक्षणका लागि भन्दै पुर्व महेन्द्रराजाको सालिक पुर्नस्थापना गर्नुपर्ने बताईरहेका छन । महेन्द्र राजाको सालिक पुर्नस्थापनाका अगुवा शिबिर थापाले सोमबार व्यवसायीहरुको आफुहरुले उठान गरेको विषयमा सर्मथन सहित दिउँसो १२ बजेसम्म व्यवसाय बन्द गरेको बताए । ‘हामीले महेन्द्रराजाको सालिक पुर्नस्थापना गर्न सालिक क्षेत्रमा सरसफाई गर्न लागेको थियौँ, ‘उनले भने, ‘सालिकमा तालालगाएर काममा अवरोध गरिदियो, हामीले भीमदत्त र प्रशासनसंग सोधपुछ गर्दा उनीहरुले आफुहरुले होईनौँ भनेपछि ताला तोडेरै सरसफाई गरिरहेका छौँ ।’ सालिक राख्दैमा न राजा फर्किने भन्दै निर्वाचनमै मुखमा सालिक पुर्नस्थानाले कतै भुडभेडको समेत नागरिकले चिन्ता व्यक्त गरेका छन । स्थानीय युवा थापाले यस ईतिहास राख्ने विषयमा खुला सर्वदलिय सर्वपक्षीय बैठक आब्हान गरिएको छ ।


ताजा समाचार

spot_img