दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा किसानहरुलाई अन्नवाली जोगाउन समस्या भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० प्रधान टोलमा गएराती बस्ती पसेको जंगली हात्तीको बथानले झण्डै १ बिघाह भन्दा बढी किसानले लगाएको गहुँवाली नष्ट गरेको छ् । बच्चा सहित एक दर्जनको संख्यामा आएको जंगली हात्तीको हुलले बस्ती नजिक किसान पुर्ण बहादुर नाथको गहुँवालीमा पसेर १ बिघाह बढी गहुँवाली नष्ट गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

मध्यरातमा आएको हात्तीले दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुमा गहुँ लगाएत अन्नवाली नष्ट गर्दै आएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । जंगली हात्तीले गरेको क्षतीको लागी आफुले पहल थालेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगलबाट दोधारा चाँदनीको बिभिन्न वडामा बिगत लामो समय देखि वन्यजन्तुले मानविय र अन्नवालीमा क्षती पुर्याउदै आएको उहाँले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोल, कञ्चनभोज, सुन्दरनगर, संसारी टोल, प्रधान टोल लगाएत बस्तीहरुमा वन्यजन्तुले किसानहरुले लगाएको अन्नवाली क्षती गर्दै आएको स्थानियबासीहरुले बताएका छन् ।

शुक्लाफाँटा राष्ट्रीय निकुञ्ज कार्यालयले वन्यजन्तुले गर्दै आएको क्षतीको क्षतीपुर्तीको वेवास्था गर्दै आएको उनिहरुको भनाई छ् ।






