एन्फा यू–१४ सुदूरपश्चिम प्रदेशस्तरीय फुटबल सम्पन्न

छात्रा टिम कञ्चनपुर र छात्र तर्फ कैलाली बन्यो च्याम्पियन


कञ्चनपुर: सुदूरपश्चिम प्रदेशस्तरीय एन्फा यू–१४ फुटबल प्रतियोगिता एक कार्यक्रमका साथ सम्पन्न भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार सिसनरीमा ज्यान गुमाएका खेलाडीको स्मृतिमा आयोजना गरिएको विद्यालयस्तरीय एन्फा यू–१४ छात्रा/छात्र फुटबल प्रतियोगिता–२०८२ एक कार्यक्रमका बीच सम्पन्न भएको हो।

एन्फाको कार्यक्रम अनुसार सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजना माघ २२ गते देखि सुरु भएको यू-१४ छात्रा/ छात्र फुटबल प्रतियोगिता माघ २४ गते सनिवार पुनर्वास नगरपालिका वडा नं.- ०७ सिद्धार्थ युवा क्लबको खेलमैदान सम्पन्न भएको सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशिराम बोहराले बताउनु भयो।

उनका अनुसार सुदूरपश्चिम प्रदेश प्रतियोगितामा छात्रा तर्फ कञ्चनपुरको जीवन ज्योति माध्यमिक विद्यालय च्याम्पियन बनेको छ। भने कैलालीको दुर्गा भवानी माध्यमिक विद्यालय उपविजेता भएको छ। दुबै टिमले निर्धारित समयमा १-१ गोलको बराबरी खेल्दै ट्राइबेकरमा ४-४ गोलको बराबरी संगै सटन देथमा कैलाली लाई हराउदै कञ्चनपुरले उपाधी रक्षा गरेको हो। उक्त खेलका उत्कृष्ट खेलाडी विभिन्न विधामा घोषित भएकि छन्। जसमा उत्कृष्ट खेलाडी निशिका तामाङ जीवन जोति कञ्चनपुर, निशा भुल उदयमान खेलाडी कैलाली, उत्कृष्ट गोलरक्षक कबिता रैकार कञ्चनपुर, उत्कृष्ट रक्षक सीता भुल कैलाली र सर्वाधिक गोलकर्ता कञ्चनपुर टिमकी टिम क्याप्टेन बिबिशा बिष्ट घोषित भएकि छन्।

छात्र तर्फ कैलालीको सत्यवदी एकेडेमीले कञ्चनपुरको सरस्वती माध्यमिक विद्यालय झरनासागर बेल्डाँडी गाउँपालिका -०१ लाई १-० गोलले हराउदै च्याम्पियन बनेको छ। सरस्वती माध्यमिक विद्यालय कञ्चनपुर उपविजेतामा चित्त बुझाएको छ।

उक्त खेलका उत्कृष्ट खेलाडी विभिन्न विधामा घोषित भएका छन्। कैलाली टिम बाट उत्कृष्ट खेलाडी दीपेश मल्ल, उत्कृष्ट रक्षक उज्जल महर, उत्कृष्ट गोलरक्षक रोशन बोहरा र कञ्चनपुरका रोमश पार्की उदमान खेलाडी घोषित भए। उनलाई आर्थिक संगै ट्रफी वितरण गरिएको थियो।

च्याम्पियन टिम छात्रा / छात्रले नगद ११ हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र मेडल ट्रफी हात पारेको छ। भने उपविजेता टिमले प्रमाणपत्रमा चित्त बुझाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्स, गोलरक्षक र उदयमान खेलाडीले समेत पुरस्कार हात पारेको छ।

गोदावरी नगरपालिका–०८, स्याउले खेलमैदान, कैलालीमा उद्घाटन खेलअन्तर्गत छात्रातर्फ दुर्गा भवानी माध्यमिक विद्यालय कैलाली र जीवन ज्योति माध्यमिक विद्यालय कञ्चनपुरबीच भएको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। त्यसैगरी, छात्रतर्फ सरस्वती माध्यमिक विद्यालय झरनासागर कञ्चनपुर र सत्यवती एकेडेमी कैलालीबीचको खेल १–१ गोलको बराबरीमा सम्पन्न भएको थियो।

सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश फुटबल संघका सदस्य सचिव लोक बहादुर खड्का (रबि) रहनु भएको थियो। कार्यक्रम सञ्चालन सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशिराम बोहराले गर्नुभएको थियो।

सुदूरपश्चिम च्याम्पियन छात्र / छात्रा टिमले विद्यालय स्तरीय यू-१४ राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने छन्। उक्त प्रतियोगितामा ७ प्रदेशका छात्र/ छात्रा टिमको सहभागिता रहने छ।


ताजा समाचार

spot_img