कञ्चनपुर : सुदूरपश्चिम प्रदेश पहाडी जिल्लाका सडक ज्यानमारामा परिणत भईरहेका छन । शुक्रबार मात्रै जन्ती बोकेको एक बस दुर्घटनाले समेत पहाडी सडक ज्यानमारामा परिणत भईरहेका हुन । बैतडीको पुचौडीबाट बझाङ्ग गईरहेको जन्ती बोकेको सुपप्र ०२–००१ख११११को बस अनियन्त्रित भई बैतडीको पुर्चौडी नगरपालिका ७ बडचोर ढोल्यामोडमा भित्री सडकमा मा बस दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ ।

सडकबाट झण्डै डेढसय मिटर तल बस खस्दा शनिबार दिउँसोसम्ममा १३ जनाले ज्यान गुमाएका छन । चालक सहित ४९जना सवार मध्ये घटना स्थलमै ६ र बाकीको उपचारका क्रममा ज्यान गएको छ । बस चालक भीमदत्त नगरपालिका ७हल्दुखालका ४२ बर्षिया बिरेन्द्र बुडालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार दुर्घटनामा परेर बित्थडचिर गाँउँपालिका ७का केशवराज जोशी, अशोकराज जोशी, बसन्त जोशी, विष्णूदत्त जोशी, नरेशराज जोशी, केदारस्युका मोहन दत्त भट्ट, केशवराज भट्ट, जयपृथ्वी ७ का बसन्तराज रतला, बित्थरचिर गापाका बिशनदत्त जोशी, दिपकराज जोशी, किसनदत्त जोशी, बैतडीको पुचौडी ७का पुष्पा अवस्थी, शुनिल जोशीले ज्यान गुमाएका छन ।

बझाङ्गकै नन्दलाल कोईराला, धनमती अवस्थी, बिर बहादुर धामीको उपचार भईरहेको र बाँकी पनि घाईते नै भएका छन। दुर्घटनाबाट बस समेत कच्याङकुचुङ भएको छ । घटनाको छानबिन भईरहेको बैतडी प्रहरीले जनाएको छ ।






