आगो लागेर घाईते भीमदत्त नगरका दलित युवा लुहार संकटमा

कञ्चनपुर : आगो लागेर शक्त घाईते भएका कञ्चनपुर भीमदत्त नगरका एक दलित युवा संकटमा परेका छन । भीमदत्त नगरपालिका ४महेन्द्रंनगर गोबरैया(बैजनाथ टोल)का ४० बर्षिया भरतराम लुहार संकटमा परेका हुन । एक साता अघि घरमै आगो ताप्ने क्रममा जलेर घाईते भएका लुहारको उपचार खर्च नहुँदा अस्पताल जान सकेका छैनन्, घरमै बस्न बाध्य भएका छन । घर नजिकै सरकारीदेखि निजी क्षेत्रबाट सचालित सुविधायुक्त अस्पताल भएपनि लुहार घरमै बस्न बाध्य भएका हुन ।

केही बर्ष अघि श्रीमती सरस्वती लुहारले २छोरा, १ छोरी लगेर अर्कोसंग टाप भएपछि एकल पुरुषका रुपमा जिवन काटिरहेका लुहार अहिले आगोले झोसेपछि संकट संकटमा परेका हुन । हरेक निर्वाचनका बेला गरिब दलितको उत्थान गर्ने भन्दै दलहरु घरदैलोमा आउने गरेको भएपनि अहिलेसम्म आफ्ना पीडा बुझिदिन समेत कोही नआएको दुखेसो पोखेका छन ।

घाईते लुहारका बाबु लक्ष्मीराम लुहारले चिसो छल्न सुत्ने कोठामै आगो बालिदिएको र यही आगोबाट छोरो जलेको बताए । ‘छोरालाई मृर्गी रोग छ, उपचारका लागि पैशा छैन, ‘उनले भने, ‘चिसो छल्नका लागि हामीले आगो बालिदिएका थियौँ, तर त्यही आगोमा उनी परेपछि जलेका छन, हामी गरिब दलितका लागि कोही छैन ।’ दलितका नाममा कयैन सरकारीदेखि एनजिओ, आईएजनिओहरुले ठुलो रकम होटलमा खर्च गरेपनि हामी जस्ता पीडित दलितका लागि केही नभएको उनको दुखेसो छ ।

ताजा समाचार

spot_img