कञ्चनपुर : कञ्चनपुरको दोधाराचाँदनीमा एमाले निकट शिक्षक संगठनको हाजिरीजवाफ प्रतियोगिता भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष उत्तम विष्टले शैक्षिक गुणस्तरका लागि हाजिरीजवाफ प्रतियोगिता भएको बताए । जिल्ला अध्यक्ष विष्टका अनुसार नगर कमिटिले आयोजना गरेको बताए । नेपाल राष्ट्रिय शिक्षक संगठन दोधारा चाँदनी नगर समितिको आयोजनामा माद्यामिक बिधालय ९ कक्षा १० सम्म ० स्तरीय हाजिरी जवाफ प्रतियोगिता मिति २०८२ साल माघ २१ गते दोधारा चाँदनी नगरपालिकाको हल मा सम्पन्न भयो ।

उक्त कार्यक्रमको अध्यक्षता यसै संगठन का नगर अध्यक्ष श्री चन्द्रदेब पन्त ज्यु ले गर्नुभएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथि ने,रा,शि, संगठनका जिल्ला अध्यक्ष श्री उत्तम सिंह बिष्ट बिशिस्ट अतिथि नगर प्रशासकीय प्रमुख श्री गणेश प्रसाद मिश्र अतिथिमा शिक्षा प्रमुख श्री हरि दत्त जोशी ज्यु रहनु भएको थियो । उक्त कार्यक्रमको संचालन यसै संगठनका उपाध्यक्ष पुस्पा जोशीले गर्नुभएको थियो । छ वटा माध्यमिक बिधालय सहभागी रहेको उक्त कार्यक्रम मा प्रथम श्री लक्ष्मी मा.बि.दो.चा. ७ द्वितीय शंकर पार्वती मा.बि.दो.चा.३ र तृतीय महाकाली आदर्श मा.बि.दो.चा. १ भएका थिए ।

प्रथम पुरस्कार १८०० द्वितीय पुरस्कार १५०० तृतीय पुरस्कार १२०० को साथै सम्पुर्ण लाई प्रमाणपत्र बितरण गरियो थियोे । यसैगरी यश संगठन लाई आर्थिक भौतिक संस्थागत हिसाबले सहयोग गर्नुहुने नगरपालिका नगर सरकार प्रमुख किशोर कुमार लिम्बू सर प्रमुख प्रसाशकिय अधिकृत गणेश प्रसाद मिश्र लगायत सम्पुर्ण लाई हार्दिक धन्यवाद को साथै आभार प्रकट गरेको छ ।







