शिक्षामा गुणस्तर बढाउन दोधारा चाँदनीमा ‘मेयर संग बिद्यार्थी’

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा शिक्षामा गुणस्तर ल्याउन मेयर र बिद्यार्थी बिच अन्तरक्रियाको सुरुवात गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको चालु आर्थिक वर्षको कार्यक्रम तथा योजना अनुसार दोधारा चाँदनी नगरपालिकामा रहेका ७ वटा सामुदायिक बिद्यालयमा सञ्चालन हुने गरि मेयर संग बिद्यार्थी कार्यक्रमको सुरुवात गरिएको हो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ मा रहेको जनज्योती माध्यमिक बिद्यालयबाट कार्यक्रमको सुरुवात गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभयो । बिद्यार्थीहरु प्रत्यक्ष अन्तरक्रिया तथा छलफल गरि उनिहरुको समस्या तथा गुनासो संकलन गरि सम्बोधन गर्ने कार्यक्रम रहेको मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

कतिपय शिक्षकहरु संग छलफल गरि समस्या हल हुने समस्या आएका छन भने, कतिपय बिद्यालय ब्यवस्थापन समिति तथा नगरपालिका कार्यालयले बिद्यार्थीहरुले उठाएका समस्या तथा गुनासो सम्बोधन गर्न सकिने बिषय भएको उहाँले बताउनुभयो । जनज्योती माध्यमिक बिद्यालयका प्रधानध्यापक अमर बहादुर बिकले मेयर संग बिद्यार्थी अन्तरक्रियाले समग्र शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्ने बबताउनुभएको छ् । बिद्यार्थीहरुले मेयर संग प्रत्यक्ष सम्बाद गरि आफ्नो समस्या राख्ने कार्यक्रमले बिगतका दिनहरुमा बिद्यालयमा केही सुधार आएको प्रधानध्यापक अमर बहादुर बिकले बताउनुभएको छ् ।

मेयर र बिद्यार्थी बिच अन्तरक्रियाले बिद्यार्थीहरुले खुलेरै आफ्नो समस्या राख्ने र समस्यालाई मेयरले निराकरण गर्ने भएको हुदा कार्यक्रम प्रभावकारी रहेको जनज्योती माध्यमिक बिद्यालयका बिद्यार्थी झरना नेपालीले बताउनुभयो । बिद्यालय हातामा रातीको समयमा युवाहरुले मदिरा, भाङ लगाएत नशालु पदार्थ सेवन गरि बिद्यालयको बाताबरण दुर्गन्धित बनाएको बिद्यार्थीहरुले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई सुनाएका छन् ।

विशेष गरी सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान हुन छाड्यो भन्ने जनगुनासो आउन थालेपछि नगरको शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बिकासको लागी अभियान थालेको मेयर लिम्बुले बताउनुभएको छ् ।

 

ताजा समाचार

spot_img