
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बिस्तारित बैठक तथा चुनावी भेला सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपलिका वडा नं. ५ रानी पाटी प्लेसमा बसेको नेकपा एमालेको बिस्तारित बैठक तथा चुनावी भेलामा नगर क्षेत्रको पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनिय उपस्थिती रहेको थियो । बैठकमा नगर क्षेत्रको बिकास, देशको तरल राजनितिक अवस्थाको बारेमा बृहत छलफल गरिएको थियो । देशको समृद्धि र बिकासको लागी नेकपा एमालेलाई बहुमतले जिताउन कार्यकर्तालाई निर्देशन गरिएको नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष गणेश भाटले बताउनुभएको छ् ।

कञ्चनपुर क्षेत्र नं. ३ बाट नेकपा एमाले तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवारलाई जिताउन नगर क्षेत्रमा बिभिन्न समिति, उपसमिती गठन समेत गरिएको उहाँले बताउनुभयो । ०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्र संग कार्यगत एकता भएका बेला डा. दिपक प्रकाश भट्ट झिनो मतले कांग्रेसका उम्मेदवार रमेश लेखकलाई पराजय गर्दै बिजय हुनुभएको हो । ८७ हजार १ सय २२ कुल मतदाता भएका बेला भट्टले कांग्रेसका लेखक सय संग २ सय ५८ मतले जितेका हुन् । उतिबेला भट्टले २६ हजार ३ सय ६४ मत ल्याएका थिए ।

अहिले त्यही विश्वास बोकेर चुनावी मैदानमा होमिएका उम्मेदवार दिपक प्रकाश बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा निर्माणाधिन सुख्खा बन्दरगाह सहित स्मार्ट टेक्नोलोजीमा आधारित नयाँ उद्योगहरु स्थापना गर्ने प्रस्ताव अघि सार्ने कुरा गरि रहेको डा. भट्टले बताउनुभयो । सुख्खा बन्दरगाह सहित स्मार्ट टेक्नोलोजीमा आधारित नयाँ उद्योगहरु स्थापना गर्ने प्रस्ताव अघि सार्ने उम्मेदवार भट्टले बताउनुभएको छ् ।

सुदूरपश्चिम क्षेत्रबाट रोजगारका लागि बाहिर जाने कार्य रोक्नका लागि आप्रवासन नीति सित जोडेर अघि बढाईने उहाँले बताउनुभयो । ‘सुदूरपश्चिमबाट लेबर बाहिर जाने विषय छ, त्यसलाई आप्रवासन नीति मार्फत सम्बोधन गर्ने छौ, त्यसका लागि श्रम कुटनीति र माइग्रेसन कुटनीति मार्फत संस्थागत गर्नेछौ’ उम्मेदवार दिपक प्रकाश भट्टले भन्नुभयो ।
सुदूरपश्चिमबाट देश बाहिर जानबाट रोक्ने, फर्किएकालाई रोजगारी र उत्पादन सित जोडेर स्वरोजगार बनाउने गरी योजना ल्याउने कार्य गरिने उहाँको भनाई छ् ।






