पूर्णा, सत्यवादी, महेन्द्रनगर, अमर शहीद, रेडियन्टको बार्षिकोत्सव


कञ्चपुर : कञ्चनपुरका विभिन्न सामुदायिक तथा निजी विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएका छन । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरको रेडियन्ट माविले रजत दिवस मनाएको छ । विद्यालयका प्रिन्सिपल डा. त्रिभुवन कुमार भट्टले विवित शैक्षिक कार्यक्रमका साथ रजत दिवस मनाएको बताए । उनका अनुसार उत्कृष्ठ विद्यार्थीलाई सम्मान, पुस्तारका साथै शैक्षिक गुणस्तरको प्रतिबद्धता सहित २५ बर्षे उपलब्धी बारे जानकारी गराईएको छ ।

भीमदत्त नगरपालिका ५बनगाँउमा रहेको सत्यवादी माध्यामिक विद्यालयले विवित कार्यक्रम गरेर ४३औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका प्राद्यानाध्यापक सुरेन्द्र सिह साउदले यस बर्षको बार्षिकोत्सवको अवसरमा छात्रबृति वितरणदेखि जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गरिएको बताए । प्रअ साउदका अनुसार स्व कैलाल साउद स्मृति छात्रबृति उद्घाटन गरिएको छ । १लाख १हजार ५रुपैया बराबरको छात्रबृति कोष उद्घाटन गरिएको छ ।

सत्यवादी मावि कल्याणकारी, बीर बागेश्वर चन्द, तुलसीदेवी पाण्डेय अक्षयकोषबाट ३० विद्यार्थीलाई छात्रबृति प्रदान गरिएको छ । साथै स्व. बीर बहादुर चन्दको स्मृतिमा समाजसेवी अजय बहादुर चन्दले साईकल वितरण गरेका छन । प्रअ साउदले शैक्षिक गुणस्तरका साथै विद्यालयको बृद्धि विकासका लागि प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले सत्यवादी सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर बृद्धि विकासतर्फ उन्मुख भएकाले आगामी दिनमा थप स्तरिय शिक्षा प्रदानमा जोडदिए ।

भीमदत्त नगरपालिका १२ ऐरी बासखेडाको पूर्णा माध्यामिक विद्यालयले समेत ६५औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका प्रद्यानाध्यापक खेमराज बोगटीले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरमा जोडदिएका छन । नव चयन भएका अध्यक्ष हर्केश विष्टले विद्यालयका समस्या पहिचान गर्दै भौतिक शैक्षिक बृद्धि विकासका योजना ल्याउने बताए । अध्यक्ष विष्ट आफै सो विद्यालयमा अध्ययन गरेकाले समेत समाजले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिज्ञा गरेका छन । पिटिए अध्यक्ष शंकर सुनारले समेत विद्यालयको बृद्धि विकासमा कार्यक्रम अघि बढाउने बताए । कार्यक्तमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले विद्यालयको बृद्धि विकासका लागि सहयोग गर्ने बचन दिए ।

भीनपा १८ कटानमा रहेको महेन्द्रनगर माविले समेत ४८औँ बार्षिकोत्सव मनाएको छ । प्रअ बिनोद सिहले शैक्षिक गुणस्तरमा जोडदिएका छन । कार्यक्तममा पुर्व अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई सम्मान गरिएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर जानकी टोलमा रहेको अमर शहीद आधारभूत विद्यालयको ३३औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयमा प्रद्यानाध्यापक हरिश प्रशाद जोशीले कार्यपत्र प्रस्तुत गर्दै आगामी शैक्षिकसत्रदेखि विद्यार्थी संख्या बृद्धिका लागि अभिभावक, शिक्षक, कर्मचारी अग्रसर हुनुपर्ने बताए ।

अपाङ्गता भएका विद्यार्थीदेखि साधारण सबैतर्फ विद्यार्थी संख्या बृद्धि गर्दै शैक्षिक गुणस्तर बृद्धि गर्न प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष गंगाराम गिरी सहितका अभिभावक, शिक्षक, उत्कृष्ठ विद्यार्थीलाई सम्मान एव पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष एव समाजसेवी गंगाराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा भीनपा १८का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटा, वडा सदस्य हेम बहादुर बस्नेत, पुर्व वडा सदस्य प्रशान्त भट्ट, विद्यालयका पुर्व अध्यक्षत्रय लोक बहादुर ठगुराठी, तर्कराज भट्ट, विष्णू प्रशाद कडेल विद्यार्थी, शिक्षक, अभिभावकसहितका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । शिक्षक सोमप्रंशाद जोशीले संचालन गरेका थिए ।


ताजा समाचार

spot_img