कञ्चनपुर : कञ्चनपुरको एक निजी विद्यालयमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रंनगर जानकी टोलमा रहेको मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको होे । शुक्रबार मन्त्र अस्पताल महेन्द्रनगर र विद्यालयको संयुक्त आयोजनामा एक शहीद दिवसकै दिन निःशुल्क स्वास्थ्य शिबिर सचालन गरेको जनाएको छ ।

मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले चिसो समयमा विद्यार्थीमा आउने स्वास्थ्य समस्या समाधानका लागि निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको बताए । प्रिन्सिपल शर्माका अनुसार मन्त्र अस्पताल निर्देशक डा. गोबिन्द रोयाका, डा. मनिस शाह, डेन्टल असिस्टेन्ट पवित्रा बुढा सहितका चिकित्सव एव स्वास्थ्यकर्मीबाट उपचार गरिएको छ । शिबिरमा १सय २७ विद्यार्थीको उपचार, चेकजाँचदेखि परामर्स दिईएको छ ।

निःशुल्क उपचार पाएपछि विद्यार्थीदेखि अभिभावक हर्षित भएका छन । मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालयका अध्यक्ष केशव बहादुर चन्दले विद्यार्थीको नियमित स्वास्थ्यका लागि चेकजाँच गरिएको बताए । आगामी दिनमा समेत विद्यार्थीको स्वास्थ्य सहितका कार्यक्रम संचालन गर्ने विद्यालयले जनाएको छ ।







