अमर शहीद विद्यालयको ३३औँ बार्षिकोत्सव


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगर जानकी टोलमा रहेको अमर शहीद आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शक्रबार एक कार्यक्रमका विच अमर शहीद आधारभूत विद्यालयको ३३औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयमा प्रद्यानाध्यापक हरिश प्रशाद जोशीले कार्यपत्र प्रस्तुत गर्दै आगामी शैक्षिकसत्रदेखि विद्यार्थी संख्या बृद्धिका लागि अभिभावक, शिक्षक, कर्मचारी अग्रसर हुनुपर्ने बताए । अपाङ्गता भएका विद्यार्थीदेखि साधारण सबैतर्फ विद्यार्थी संख्या बृद्धि गर्दै शैक्षिक गुणस्तर बृद्धि गर्न प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष गंगाराम गिरी सहितका अभिभावक, शिक्षक, उत्कृष्ठ विद्यार्थीलाई सम्मान एव पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष एव समाजसेवी गंगाराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा भीनपा १८का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटा, वडा सदस्य हेम बहादुर बस्नेत, पुर्व वडा सदस्य प्रशान्त भट्ट, विद्यालयका पुर्व अध्यक्षत्रय लोक बहादुर ठगुराठी, तर्कराज भट्ट, विष्णू प्रशाद कडेल विद्यार्थी, शिक्षक, अभिभावक सहितका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । शिक्षक सोमप्रंशाद जोशीले संचालन गरेका थिए ।


ताजा समाचार

spot_img