कञ्चनपुर : शहिद दिवसको अवसर पारेर कञ्चनपुरमा प्रभातफेरी देखि रक्तदान गरिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुर सहितका सरकारी, गैर सरकारी संघ संस्थाहरुको आयोजनामा प्रभातफेरीदेखि रक्तदान गरिएको हो ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले विद्यार्थी, खेलाडी, सुरक्षाकर्मी सहितका सरकारी, गैर सरकारी निकायका प्रतिनिधीको उपस्थितिमा प्रभात फेरी गरिएको छ। साथै सामुदायिक प्रहरी सेवा केन्द्र मार्फत रक्तदान गरिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रबाट शुभकामना मन्तव्य दिर्दै शहिदले देखाएको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिईएको छ ।







