रास्वपा बरिष्ठ नेता बालेनको सुदूरमा मौन भ्रमण


कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का बरिष्ठ नेता तथा झापा क्षेत्र ५मा उम्मेदवार बालेन्द्र शाह(बालेन)को सुदूरपश्चिममा धमाकेदार मौन भ्रमण गरेका छन । तराई कैलाली, कञ्चनपुरपछि पहाड उक्लिएका बालेनले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, बाजुरा सहितका जिल्लाहरुमा भ्रमण गरको हुन । जनजीवनमा प्रभाव पार्ने योजनाबारे रास्वपाका उम्मेदवारसँग राखे चासो चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन सुदूरपश्चिमको पहाडी जिल्ला पुगेका थिए । बालेनले डडेल्धुराको साहुखर्कस्थित ‘बाजेको खिर पसल’मा खिर खाए । त्यसपछि लगत्तै उनले भीमदत्त राजमार्गमा उभिएर सुदूरपश्चिमेली शैलीको स्टाटस लेखे ।

हिमपातले सेताम्मे सडकको बिचमा उभिएर सामाजिक सञ्जालमा ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तमलाई’ भन्दै लेखेको स्टाटस भाइरल बन्यो । सडकबाटै सुदूरपश्चिमप्रतिको आत्मीयता व्यक्त गर्न उनले त्यो पोस्ट गरेका थिए । बर्सातसँगै परेको हिमपात र चिसो मौसमको सामना गर्दै बालेनले बिहान साढे ९ बजे डडेल्धुराको तुफानडाँडामा रहेको रास्वपाको पार्टी कार्यालयमा कार्यकर्ता र समर्थकसँग भेटघाट गरे । उनले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. तारा जोशीसँग कुराकानी गरे । जोशीले बालेनसँग स्थानीय तथा राष्ट्रियस्तरको विषयमा छलफल भएको बताए । ‘सुदूरपश्चिमको आर्थिक जीवनमा प्रभाव पार्ने योजनाबारे चासो राख्नुभएको थियो,’ उनले भने, ‘हामीले पश्चिम सेती, डडेल्धुरामा विमानस्थल, मेडिकल कलेजको स्तरोन्नतिलगायत विषयमा छलफल ग¥यौँ ।’ बालेनले जोशीलाई चुनाव जितेर आउन शुभकामना दिँदै बाँकी जिम्मेवारी पार्टीले लिने बताए । त्यसपछि बालेनको टोली बैतडीतर्फ लाग्यो ।

घनघस्याको लेक काट्दै उनले बैतडीको खोड्पे बजारमा कार्यकर्तासँग भेटघाट गरे । बैतडीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिमोहन भण्डारी र जिल्लाको नेतृत्वसँग छलफल गरे । ‘बालेनसँग जिल्लाको भूगोल र चुनावी अवस्थाबारे छोटो छलफल भयो,’ रास्वपाका उम्मेदवार भण्डारीले भने, ‘जिल्लाको अवस्थाबारे विस्तृतमा बतायौँ ।’ समर्थकका लागि केही बोलिदिन अनुरोध गरे पनि बालेनले नबोल्ने बताएका थिए । त्यसपछि उनी दार्चुला हिँडे । चमेलिया नदी किनार, दार्चुलाको गोकुलेश्वरमा समर्थकको भिड लागेको थियो । उनको स्वागतमा स्थानीयले छलिया नाच्दै, दमाहा बजाउँदै ¥याली आयोजना गरेका थिए । त्यहाँ बालेनले पार्टी सम्पर्क कार्यालयमा घन्टी बजाउँदै समर्थकलाई अभिवादन गरेका थिए । त्यहाँबाट फर्केर बालेनको समूह पुनः बैतडीको पाटन, खोड्पे हुँदै बझाङतर्फ लागेका थिए । जेनजी आन्दोलनका क्रममा शहिद भएका प्रकास बोहराका घरपरिवारसंग भेटघाट गरेका छन । बालेन सुप प्रदेशको भ्रमणमा निस्किएसंगै जनताको रास्वपाप्रति आकर्षण बढेको छ ।


ताजा समाचार

spot_img