जनताको हितमा सधैं समर्पित छु : पूर्व मन्त्री तथा उम्मेदवार सुनार

दोधारा । नेपाली कम्युनिष्ट पार्टीबाट कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधी सभाका उम्मेदवार मान बहादुर सुनारले जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ् । उहाँले कञ्चनपुर क्षेत्र नं. ३ का गाँउ–टोल देखि बस्ती–बस्तीमा जनताको साथमा रहेर विकास र समृद्धिको अभियानलाई अगाडि बढाउने उहाँको प्रतिवद्धता छ् । दोधारा गाबिसका अध्यक्ष, सुदूरपश्चिम सरकारका पूर्व राज्यमन्त्री रहेर काम गरिसक्नुभएको मान बहादुर सुनारले आफ्नो कार्यकालमा बिकास कार्यमा राम्रो योगदान गरेका ब्यक्ती मानिन्छन् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा स्थानियबासीहरु संग भेट गर्ने क्रममा उम्मेदवार मान बहादुर सुनारले हरेक दिन जनताको सेवामा समर्पित हुने आफ्नो संकल्प झन् बलियो बन्दै गएको उल्लेख गर्नुभयो ।

‘हरेक बिहानको कञ्चनपुरका जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने मेरो ईच्छा शक्ति थप बलियो बन्दै गएको छ्’ उहाँले भन्नुभयो । उम्मेदवार सुनारले आफू सधैं जनताकै साथमा रहने स्पष्ट पार्नुभयो । ‘म सधैं जनताहरुकै साथमा छु, हरेक समय, हरेक परिस्थितिमा’ उहाँले भन्नुभयो । उहाँले निर्वाचन केवल मत माग्ने अभियान मात्र नभई जनताको दु:ख–सुखमा सहभागी हुने जिम्मेवारी भएको बताउनुभयो । ‘कञ्चनपुर –३ का गाँउ–टोल, बस्ती–बस्तीमा म सधैं जनताको साथमा छु, जनताकै दु:ख–सुखमा छु’ उहाँको भनाई छ् ।

उम्मेदवार मान बहादुर सुनारले कञ्चनपुरका युवालाई आधुनिक प्रविधिसाग जोड्दै रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘आधुनिक प्रविधि, डिजिटल सीप र नवप्रवर्तन मार्फत युवालाई घरमै बसेर स्वरोजगार बन्ने अवसर सुनिश्चित गरिनेछ’ उहाँले बताउनुभयो । उहाँले कञ्चनपुरको विकास र समृद्धिका लागि निरन्तर लागिरहने उल्लेख गर्दै जनताको आशीर्वादले आफूलाई थप प्रेरणा दिएको बताउनुभयो । उम्मेदवार सुनारले विकासको यात्रामा ईमानदारी र निरन्तरतामा जोड दिनुभयो ।

‘विकास र समृद्धिका लागि ईमानदारी, प्रतिबद्धता र निरन्तरताका साथ म लागिरहन्छु’ उहाँले भन्नुभयो । युवाको भावना बुझ्दै उहाँले भ्रष्टाचार विरुद्ध आफ्नो कठोर अडान रहदै आएको बताउनुभयो ।

‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न ।’ उम्मेदवार सुनारले जनताको सेवामा सधैं समर्पित रहने र देशलाई विकास र समृद्धितर्फ डोर्‍याउने विश्वास दिलाउनुभएको छ् ।

ताजा समाचार

spot_img