पप्पु गुरुङ्ग, दोधारा । महिलाहरुको क्षमता अभिबृद्धि र सिप बिकासको लागी एडवान्स ब्युटिसियन तालिम संचालन गरिएको छ् । ‘सिप सिकौं, आत्मनिर्भर बर्नौ’ नारा सहित गरिबी निवारणका लागी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– २ वडामा महिलाहरुका लागी १ महिने एडवान्स ब्युटिसियन तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । बजारको माँग र आवश्यकता अनुसारको तालिम प्रभावकारी हुने भएकाले वडामा बसोबास गर्ने महिलाहरुको माँग बमोजिम तालिम सञ्चालन गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभयो ।

गत वर्ष वडामा बसोबास गर्ने महिलाहरुको लागी आधारभुत ब्युटिसियन तालिम सञ्चालन गरिएको र यस वर्ष उनिहरुको सिपलाई अझ प्रभावकारी बनाउन एडवान्स ब्युटिसियन तालिम सञ्चालन गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । महिलाहरुलाई सक्षम र आर्थिक उपार्जन गर्नका लागि वडा कार्यालयले सीप विकास तथा सीप हस्तान्तरण कार्यक्रमलाई प्राथमिकता दिदै आएको उहाँले बताउनुभयो ।

हातमा सीप भएका कुनै पनि मानिस भोकै बस्नु नपर्ने उहाँको भनाई छ् । एक महिने एडवान्स ब्युटिसियन तालिममा वडाका २५ जना महिलाहरुको सहभागिता रहेको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्युउद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्टले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका– २ को सहयोग र आयोजनामा एक महिने ब्युटिसियन तालिम सञ्चालन गरिएको उहाँले बताउनुएको छ् ।

सीप सिकेर व्यवहारमा लागू गरि जिविकोपार्जनमा सुधार ल्याउनु आवश्यक रहेको सहजकर्ता जयन्ती भट्टले बताउनुभएको छ् । तालिमका लागि तालिम भन्ने जस्तो नगरी सीप सिकेर आफूलाई आत्मनिर्भरताको बाटोमा लाग्न सबै तालिमका सहभागीलाई आग्रह समेत उहाँले गर्नुभएको छ् ।
आधारभूत सिप सिकेका महिलाहरुलाई एडभान्स तालिम सिकाएर स्वरोजगार बन्ने अवसर वडा कार्यालयले दिएको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्युउद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्टले बताउनुभयो । यस किसिमका तालिमले गरिबी न्यूनीकरणमा टेवा पुग्ने उहाँको भनाई छ् ।






