युवा युवतीहरुलाई जलवायु परिवर्तन र अनुकुलन तथा वालविवाह सम्बन्धी क्षमता अभिबृद्धि

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा युवा युवतीहरुलाई जलवायु परिवर्तन र अनुकुलन तथा वालविवाह सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा हलमा वडा नं. ३, ७ र १० वडाका युवा युवतीहरुलाई जलवायु परिवर्तन र अनुकुलन तथा वालविवाह सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) उत्थानशिल भविष्य वालविवाह अन्त्य परियोजनाका सामाजिक परिचालक कबिर सिंह साँउदले बताउनुभयो ।

प्लान इन्टरनेशनलको सहयोग र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) को आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ७ र १० वडाका ९० जना युवा युवतीहरु अभिमुखिकरणमा सहभागी गराईएको उहाँले बताउनुभएको छ् । जलवायु परिवर्तनको असरबाट बालबालिका, युवाहरु तथा बृद्धबृद्धाहरु बढी प्रभावित हुदै आएको बताउदै अनुकुलन तथा वालविवाह अन्त्यको लागी युवा युवतीहरुको भुमिका बारेमा छलफल गरिएको थियो ।

युवाहरुमा जलवायुको प्रभाव, अनुकुलन उपायहरु, वालविवाह, चाडै विवाह र जबरजस्ती विवाह तथा जलवायु परिवर्तन बिचको अन्तर सम्बन्धको बारेमा युवाहरुलाई प्रशिक्षण गराईएको सामाजिक परिचालक साँउदले बताउनुभएको छ् ।

वालविवाह, चाडै विवाह र जबरजस्ती विवाह तथा जलवायु परिवर्तन बिचको अन्तर सम्बन्धलाई बिषयलाई दोधारा चाँदनी नगरपािलका क्षेत्रमा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) ले जनाएको छ् ।

ताजा समाचार

spot_img