कञ्चनपुर : कञ्चनपुरमा ट्राफिक सप्ताह शुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले ट्राफिक सप्ताह मनाउन लागेको हो । सोमबारदेखि ट्राफिक कार्यालय कञ्चनपुरले ट्राफिक सप्ताह ०८२ मनाउन लागेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका इन्चार्ज बलेन्द्र नाथले सवारी दुर्घटना न्यूनिकरणका लागि सप्ताहव्यापी कार्यक्रम संचालन गरिएको बताए ।

उनका अनुसार पहिलो दिन महेन्द्रनगरमा सचेतनामुलक प्रभातफेरी पर्चा पम्पलेट वितरण, दोस्रो दिन समुदायमा ट्राफिक सचेतना, तेस्रो दिन यातायात व्यवसायी, मजदुर, जनप्रतिनिधीसंग सन्तरकृया, चौथो दिन रक्तदान, स्वास्थ्य चेकजाँच, पाचौँ दिन विद्यालयमा सचेतनामुलक कार्यक्रम, यात्रुमैत्री भाडादर चेकजाँच, छैटौ दिन अटो, रिक्सा चालकसंग छलफल, स्टिकर, सातौ दिन ‘म ट्राफिक नियम पूण्र्ढा पालना गर्ने प्रतिबद्धता गर्दछु’ लेखिको प्रतिबद्धता पत्रमा हस्ताक्षर सहित पुरस्कार वितरण गरिनेछ ।

ट्राफिक प्रहरी इन्चार्ज नाथले दिवसका साथसाथै जिल्लाभरी ट्राफिक दुर्घटना न्यूनिकरण गर्न निरन्तर खटिने प्रतिबद्धता जाहेर गरेका छन । कञ्चनपुर सहित देशभर पछिल्ला बर्षहरुमा सवारी दुर्घटनाका कारण अकालमा ज्यान जाने, घाईते, भौतिक क्षति बेहोर्नु परेको घटनाले चौतर्फि चिन्ता व्यक्त गरिएको छ ।







