एमाले कञ्चनपुरका ब्राण्ड कर्ण चन्द सांसदकालागि नेकपा(संयुक्त)बाट क्षेत्र ३ चुनावी मैदानमा

कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरका कट्टर शैद्धान्तिवादी कम्युनिष्ट नेताका रुपमा छवि बनाएका एक सिकिमका ब्राण्ड नेता अहिले एमालेमा छैनन । झण्डै साढे तीन दशक बढिदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका चन्द एमालेमा मात्रै ३० बर्ष भन्दा बढी काम गरेका नेता हुन । ०७८सालमा सम्पन्न भएको एमाले ८औँ जिल्ला अधिवेशनबाट सर्वाधिक मत ल्याएर उपसचिवको जिम्मेबारीमा पुगेका तिनै कर्ण चन्द अहिले एमालेमा छैनन । बरु उनी नेकपा(संयुक्त) कञ्चनपुरको मुख्य बागडोर सम्हाल्न पुगेका छन । यतिमात्रै नभई क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्यको दौडमा हुन ।

०४६ सालदेखि विद्यार्थी हुँदै कम्युनिष्ट आन्दोलनमा होमिएका चन्द एमालेका विद्यार्थी, युवा, पत्रकारदेखि पाटीको मुख्य जिम्मेबारी सम्हासकेका नेता हुन । ०४६को जनआन्दोलन ०५०को पाटी महासचिव मदन भण्डारी हत्यादेखि महाकाली सन्धी आन्दोलनमा होमिनुका साथै ०६२दोस्रो जनआन्दोलनमा संघर्ष गरे बाफत जेल जिवन विताउन बाध्य भए । चन्दले एमाले निकट अखिल जिल्ला सदस्य, युवा संघको सचिव, अध्यक्ष, अञ्चल सचिव, प्रेस चौतारी जिल्ला अध्यक्ष, पाटीको वडा नगर, जिल्लादेखि प्रदेशसम्मै जिम्मेबारी पुरा गरिसकेका थिए ।

चन्दले एमाले पाटीमा मात्रै होईन विभिन्न समाजिक क्षेत्रमा समेत जिम्मेबारी सम्हालिसकेका छन । शान्ति नितेनमा माविको अध्यक्ष बैजनाथ माविको पिटिए अध्यक्ष, कालिका आविको सदस्य, सिद्धनाथ बहुमुखी क्याम्पस संचालक समिति सदस्य, नेपाल पत्रकार महासंघ केन्द्रीय पार्षद, शहिद भीमदत्त पन्त प्रतिष्ठानको सचिव, मानव अधिकार सरक्षण मञ्चको अध्यक्षदेखिका थुप्रै जिम्मेबारी सम्हालिसकेका थिए । ०४८देखि ०७९सम्म सम्पन्न भएका वडा, पालिका, प्रदेश र संघीय निर्वाचनमा पाटीका उम्मेदवार जिताउन सतिशाल भएर उभिने चन्द यस पटक आफै चुनावी मैदानमा होमिएका हुन । संघ तर्फ मात्रै पनि ०५१ मा तत्तकालिन एमाले नेता उर्वादत्त पन्त र ०७४मा डा. दीपक प्रकास भट्टलाई जिताउन भोकभोकै जनताको घरदैलोमा गएका थिए ।

दोस्रो पटक कम्युनिष्ट जिताउने बेला चन्द एमाले कञ्चनपुरको जिल्ला कार्यालय सचिव थिए । जिल्लाबाटै कमान सम्हालेका तिनै चन्द भट्टका लागि मत मागेका थिए, अहिले भट्टसंगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । क्षेत्र ३मा कम्युनिष्टको चौथो पटक जितदेखि कम्युनिष्टको साख जोगाउनका लागि नेकपा(संयुक्त)का नेता एव पुर्वमन्त्रीद्वय उर्वादत्त पन्त, जयदेव जोशी सहितका कम्युनिष्ट नेता चुनावी मैदानमा होमिएका छन । चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापनादेखि जिल्ला, क्षेत्र, पालिका तहमा चुनाव प्रचारप्रसार समिति विस्तार गरेर खटिएका छन । पाटीका केन्द्रीय सदस्य दिल बहादुर विष्ट, गुलाब आउजीको संयोजकत्वमा चुनाव प्रंचारप्रसार समिति विस्तार गरिएको छ । उनीहरुले सच्चा कम्युनिष्टको बिउ फेरीपनि बिजारोपण गर्ने संकल्प गरेका छन ।

ताजा समाचार

spot_img